बुधबार, माघ २१, २०८२

ताप्लेजुङमा पहिरोमा परी ४ जना बेपत्ता

मेरोन्यूज २०८० असार ३ गते ७:५१

काठमाडौं । ताप्लेजुङमा पहिरोमा पुरिएर चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एकै परिवारका तीन जना छन् ।

गएरातिको पहिरोमा पुरिएर सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा यादव बुढाथोकी, उनकी श्रीमती भागीमाया, बुहारी सन्ध्या बेपत्ता भएका हुन् । सोही स्थानका गणेश तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बुले बेपत्ता भएका चारै जनाको खोजीकार्य जारी रहेको जानकारी दिए ।

गएराति ताप्लेजुङमा भएको भारी वर्षापछि आएको बाढीले दोभान, ढुंगे साँघुलगायतका क्षेत्रमा कटान भएको र केही स्थानमा सडकसमेत अवरुद्ध भएको प्रारम्भिक विवरण आएको डिएसपी लिम्बूले बताए ।

बिहीबार राति पनि वर्षा र बाढीले सदिङ्वा र सिरिजंगामा क्षति भएको थियो । बाढी पहिरोले सुरुमखिम–खेवाङ–याम्फुदिन जोड्ने मोटरेबल पुलको एकातर्फको भाग भत्काएको छ । काबेली हाइड्रो पावरको गोदाममा राखिएका सामान बगाएको छ ।

प्रतिक्रिया