शनिबार, चैत २१, २०८२

मंकीपक्सको उपचारका लागि मन्त्रालयले तोक्यो १४ अस्पतालमा फोकल पर्सन

मेरोन्यूज २०८० असार ३ गते १४:३६

काठमाडौं । नेपालमा पहिलोपटक मंकीपक्स संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जना डाक्टरलाई फोकल पर्सन तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालका १४ जना चिकित्सकहरुलाई मंकीपक्सका लागि फोकल पर्सन तोकेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

मन्त्रालयका अनुसार झापाको भद्रपुरस्थित मेची अस्पतालका डा. केशव ढकाल, मोरङस्थित कोशी अस्पतालका डा. सिवी झा, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. सुचना मरहठ्ठा, जनकपुरस्थित जनकपुर प्रादेशिक अस्पतालका डा. रामज्ञान यादव, वीरगन्जमा डा. अतुलेसकुमार चौरासिया, पोखरामा डा. आनन्द नेपाल र चितवमा भरतपुर अस्पतालका डा. शशी हिराचन मंकीपक्स फोकल पर्सन तोकिएका छन् ।

यसैगरी, काठमाडौंस्थित वीर अस्पतालका डा. निरज पराजुली, टेकु अस्पतालका डा. शिवेन्द्र झा, पाटन अस्पतालका डा. मोनिक काफ्ले, बुटवलस्थित लुम्बिनी अस्पतालमा डा. मनिलाल श्रेष्ठ, नेपालगन्जस्थित भेरी अस्पतालमा डा. बद्री चापागाई, सुर्खेतस्थित सुर्खेत प्रादेशिक अस्पतालका डा. सुस्मिता प्रधान र धनगढीस्थित सेती प्रादेशिक अस्पतालका डा. दिनेश सिवाकोटीलाई फोकल पर्सन तोकिएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पहिलो पटक मंकीपक्स भाइरसबाट हुने ‘एमपक्स’ पुष्टि भएको जानकारी औपचारिक रुपमा दिएको थियो । मन्त्रालयकाअनुसार ६० वर्षीया एक जना विदेशी महिलामा मकीपक्स पुष्टि भएको हो । मंकीपक्सको शंकास्पद लक्षण देखिएपछि उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा मंकीपक्स पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा पहिलो पटक पुष्टि भएको मकीपक्स १११ देशमा पुष्टि भइसकेको छ ।

प्रतिक्रिया