योगलाई जीवनको अभिन्न अंगका रूपमा अनुशरण गरौं : गृहमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राचीन चिन्तक, दार्शनिक र योगीहरूले नै योग अभ्यासलाई स्थापित गरेको र यसलाई जीवनको अभिन्न अंग तथा वैज्ञानिक अभ्यासको रूपमा अनुशरण गर्न सके व्यक्तिको स्वच्छता एवम् समाजको प्रगति हुने बताएका छन् ।
नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक दिवसीय ‘योग विज्ञान शिविर २०८० तथा उत्प्रेरणा कार्यक्रमुलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले व्यक्ति र समाजले योग अभ्यास र ध्यानको महत्वलाई आत्मसात गर्दा शरीरिक एवम् मानसिक स्वच्छता, जागरण, संतुलन र रूपान्तरण प्रकृयामा समेत योगदान पुग्ने बताए ।
आफुले योग र ध्यानलाई सरकारको नीतिकार्यक्रममा नै समेटेर संस्थागत गर्न पहल गरेको चर्चा गर्दै गृहमन्त्रालयमार्फत नेपाल प्रहरी, सशस्त्र प्रहरी,अन्य प्रशासनिक क्षेत्र एवम् कारागारमा समेत योग शिविरहरू संचालन गर्नुपर्नेमा उनले जोड दिए ।
सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले पतंजली योग समिति, नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र, युवा केन्द्रीय संयोजक लोकनाथ खनाल र सह–केन्द्रीय प्रभारी अर्चना घिमिरेलाई प्रशंसापत्र प्रदान गरे । प्रभारी मिश्रले प्रमुख अतिथि श्रेष्ठसहित उपस्थित सबैलाई योग्याभ्यास समेत गराएका थिए ।
कार्यक्रममा धन्यवाद मन्तव्य दिंदै प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एकैदिनमा योग सम्बन्धि सम्पुर्ण जानकारी हासिल गर्न सम्भव नभए पनि योगको महत्व र योगाभ्यासका बारेमा शिविरले महत्वपूर्ण जानकारी दिएको बताए ।
निश्चित अनुशासन र पद्धतिमा गरिने योगाभ्यासले शरीरमा स्फूर्ति बढ्ने, रोग प्रतिरोधात्मक क्षमताको विकास हुने तथा सकारात्मक सोच निर्माण हुने उल्लेख गर्दै महानिरीक्षक कुँवरले योगले स्वस्थ व्यक्ति र सुखी समाज निर्माणमा सहयोग पुर्याउने बताए । उनले नेपाल प्रहरीमा नियमित योगाभ्यास गराउने लक्ष्यसहित नेपाल प्रहरी र पतंजलि योग समितिबीच सम्झौता नै भइसकेको जानकारी दिए ।
त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठ र महानिरीक्षक कुँवरलाई पतंजली योग समिति, नेपालका संरक्षक तथा कार्यक्रम संयोजक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र बिक्रम महतले कृतज्ञताको चिनो प्रदान गरेका थिए ।
संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाइन्छ । प्रहरी प्रधान कार्यालय र पतंजली योग समितिद्वारा आयोजित उक्त शिविर तथा उत्प्रेरणा कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लगायत पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका सहसचिवहरू, पतंजली योग समिति नेपालका पदाधिकारी एवम् योग गुरूहरू, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरू समेतको सहभागिता रहेको थियो ।
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया