सोमबार, मंसिर १५, २०८२

नेपाललाई अमेरिकाले दियो २०८ रनको लक्ष्य

मेरोन्यूज २०८० असार ५ गते १६:४३

काठमाडौँ । करण केसीले उत्कृष्ट बलिङ गरे पनि नेपाललाई अमेरिकाले २०८ रनको लक्ष्य दिएको छ । नेपालले अमेरिकालाई २०७ रनमा अलआउट गरेको हो ।

नेपाली कप्तान रोहित पौडेलले टस जितेपछि ब्याटिङको निम्तो पाएको अमेरिका ४९ ओभरमा २०७ रन बनाएको हो ।

करणले ९ ओभरमा ३ मेडन राख्दै ३३ रन खर्चेर ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । उनले ५ ओभरमा १५ रन मात्र खर्चे ।

नेपालबाट पहिलो बल फालेका ललित राजवंशीले १० ओभरमा २० रनमात्र खर्चेर १ विकेट लिए । अर्का स्पिनर सन्दीप लामिछाने लगातार दोस्रो खेलमा विकेटविहीन बन्न पुगे । उनले १० ओभरमा ५८ रन खर्चिए ।

गुल्शन झाले तीन विकेट लिए । उनले १० ओभरमा ५२ रन खर्चेर कूल ३ विकेट लिएका हुन् ।

अमेरिकाका लागि ओपनर सुशान्त मोदानीले ४२ रन बनाए । उनले ७१ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । गजानन्द सिंह २६ रनमा आउट भए ।

सायन जँहागिरको अविजित शतकमा अमेरिकाले राम्रो पुनरागमन गरेको हो । क्याच आयटबाट बचेका उनले सय रन बनाए ।

प्रतिक्रिया