पत्रकारलाई अभद्र व्यवहार गर्ने गिरी पक्राउ

काठमाडौं । अनामनगरको सरकारी जग्गा हडप्ने हरिप्रसाद गिरी पत्रकार सुनिल सापकोटामाथि अभद्र व्यवहार गरेपछि पक्राउ परेका छन् ।
गिरीलाई अहिले सिंहदरबार वृत्तमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गिरीले बुधबार बिहान सवा ९ बजेतिर अनामनगरको सामाजिक विकास चोकमा स्वास्थ्य लाइभका सम्पादक सापकोटामाथि उपशब्द र अभद्र व्यवहार गरेका थिए । उनले जग्गाको विषयमा समाचार लेख्ने पत्रकार यही हो भनी आफ्नो साथमा रहेका मान्छेहरूलाई भौतिक आक्रमण गर्न उक्साएका थिए ।
गिरीले काजी महादेवस्थान गाउँ पञ्चायत वडा नम्बर ५ साबिक धोबीखोला जनिएको कित्ता नम्बर १४३ को ४ आना जग्गा हाल साबिक गरेर आफ्नो नाममा घुसाएका थिए । त्यस्तै धोबीखोला कै १ आना जग्गा हालसाबिक गरेर शान्ता दाहाललाई बेचेका छन् ।
नापी विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा प्रस्ट रुपमा त्यो विषय उल्लेख छ । जग्गा अहिले सरकारको नाममा फिर्ता आइसकेको छ ।
समाचार लेखेर सरकारी जग्गा फिर्ता ल्याउन भूमिका खेलेका पत्रकार सापकोटा माथि सरकारी जग्गा हडप्ने गिरी बुधबार बिहान एक्कासी जाइलागेका हुन् । आफूमाथि भौतिक आक्रमणको प्रयास र अभद्र व्यवहार भएपछि उनले प्रहरीमा जाहेरी दिएको बताए ।
दोषीमाथि अभद्र व्यवहारमा कडाभन्दा कडा कारबाही हुनुपर्ने उनको माग छ । पत्रकार सापकोटालाई अभद्र व्यवहार गर्ने तुल्सी राईलगायत भने प्रहरीको सम्पर्कमा छैनन् ।
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
प्रतिक्रिया