अत्यधिक रक्तस्राव भएकी सुत्केरीसँगै बच्चाको उद्धार
मेरोन्यूज
२०८० असार ७ गते १९:१८

काठमाडौँ । अत्यधिक रक्तस्राव भएकी रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका ५ हुकामकी ४० वर्षीया सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । उनलाई आज दिउँसो उद्धार गरेर थप उपचारका लागि सुर्खेत पठाइएको छ ।
गएराति रुकुमपूर्व अस्पताल रुकुमकोटमा छाई पुन सुत्केरी भएकी थिइन् । सुत्केरीपछि पुनको रक्तस्राव नरोकिएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको पहलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा राष्ट्रपति महिला उत्थान (निःशुल्क हवाई उद्धार सेवा) कार्यक्रममार्फत हेलिकोप्टर झिकाएर सुत्केरी र शिशुलाई सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए ।
शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । बुधबार दिउँसोदेखि महिलालाई सुत्केरी व्यथा लागेको थियो ।
सम्बन्धित
















देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, कस्ताे रहला आजकाे माैसम ?
आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल
यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया