अत्यधिक रक्तस्राव भएकी सुत्केरीसँगै बच्चाको उद्धार
मेरोन्यूज
२०८० असार ७ गते १९:१८

काठमाडौँ । अत्यधिक रक्तस्राव भएकी रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका ५ हुकामकी ४० वर्षीया सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । उनलाई आज दिउँसो उद्धार गरेर थप उपचारका लागि सुर्खेत पठाइएको छ ।
गएराति रुकुमपूर्व अस्पताल रुकुमकोटमा छाई पुन सुत्केरी भएकी थिइन् । सुत्केरीपछि पुनको रक्तस्राव नरोकिएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको पहलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा राष्ट्रपति महिला उत्थान (निःशुल्क हवाई उद्धार सेवा) कार्यक्रममार्फत हेलिकोप्टर झिकाएर सुत्केरी र शिशुलाई सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए ।
शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । बुधबार दिउँसोदेखि महिलालाई सुत्केरी व्यथा लागेको थियो ।
सम्बन्धित
















तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति
बाँकेमा जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण
दोहामा बृद्धजयन्ती मनाइयो
सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया