वीर अस्पतालको सात सय बेड निःशुल्क उपलब्ध हुने
मेरोन्यूज
२०८० असार ८ गते १४:४९

काठमाडौँ । वीर अस्पतालका सात सय जनरल बेड आजदेखि निःशुल्क उपलब्ध हुने भएको छ । अस्पतालले बिरामीलाई निःशुल्क रुपमा उक्त बेड उपलब्ध गराउने निर्णय गरिएको हो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त भएसँगै उक्त घोषणा भएको हो । यसअघि प्रतिबेड दुई सय रुपैयाँ शुल्क लाग्दै आएको थियो ।
बेड निःशुल्क हुँदा वार्षिक पाँच करोड रुपैयाँ खर्च हुने अस्पतालले जनाएको छ । अस्पतालका क्याबिन र आईसीयूमा निश्चित शुल्क लाग्ने छ ।
सरकारले बिहीबार उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत, रेक्टारमा डा. लोचन कार्की, रजिस्ट्रारमा डा. ज्ञानेन्द्र शाह र डिनमा डा. अशेष ढुंगानालाई नियुक्त गरेको थियो ।
सम्बन्धित
















इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
करेन्ट लागेर महिलाको मृत्यु
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया