पहिलाे पटक छाेरी सारासँग एकसाथ पर्दामा देखिँदै सैफ अली

मुम्बई । अभिनेता सैफ अली खान र अभिनेत्री सारा अली खान आफ्नै किसिमले दर्शकलाई मनोरन्जन दिन सफल छन् ।
अधिकांश दर्शकले यी बाबुछोरीलाई सँगै पर्दामा हेर्न पनि चाहेका छन् । केही फिल्म निर्माताले उनीहरुलाई फिल्ममा अफर पनि गरे । अहिले नै बाबुछोरी पर्दामा स्क्रिन शेयर गर्ने समय सही नभएको भन्दै सैफ पछि हटे ।
तर अब भने उनीहरु एकसाथ पर्दामा देखिँदैछन् । उनीहरुले फिल्ममा भन्दा पनि विज्ञापनमा सहकार्य गरेका छन् । उनीहरुले यसै साता एक बिमा कम्पनीको विज्ञापनको छायांकन पुरा गरेका छन् । यो कुराको पुष्टि स्वयं सैफले गरेका छन् ।
‘हो, हामीले एकसाथ एक विज्ञापनको सुटिङ पुरा गर्यौ । मलाई लाग्छ कि हामी सँगै हुँदा धेरै राम्रो देखिन्छ । यो एक बिमा कम्पनीको विज्ञापन हो’, उनले भनेका छन् ।
साराको कामको कुरा गर्दा उनको फिल्म ‘जरा हटके जरा बचके’ रिलिज भएको थियो । फिल्मलाई दर्शकले निकै मनपराए पछि बक्सअफिसमा सफल भएको थियो । सैफले भने हालै रिलिज फिल्म ‘आदिपुरुष’मा अभिनय गरेका छन् ।


















आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया