निर्मला घिसिङको ‘अवसरवाद’ सार्वजनिक (भिडियाे)
काठमाडौं । मान्छेले आफनो ब्यक्तिगत स्वार्थ र अवसरका लागि के सम्म गर्ला ? समाज, न देश, न दुनियाँ, कसैका लागि पनि होइन, केबल आफनो फाइदा र स्वार्थका लागि मान्छेले सिद्धान्त, विचार, आर्दश, सामाजिक मूल्य /मान्यता, नैतिकता साराका सारा दाउमा लगाउँछ भने त्यस्तो खतरनाक प्रवृत्तिलाई के भन्ने होला – अवसरवाद ?
हो, मान्छेहरुमा देखिने गरेका त्यस्ता खतरनाक प्रवृत्तिलाई अवसरवाद भन्नुपर्छ ।
अरुका लागि होइन, आफनो मात्र ब्यक्तिगत स्वार्थ र फाइदा खोज्ने र त्यसैमा तल्लिन हुने प्रवृत्तिलाई बेलैमा चिन्ने, घृणा गर्ने र संर्घषमा परास्त गर्नुपर्ने सन्देश गीतमार्फत खरो ढंगले बोकेर आएकी छिन्, गायिका निर्मला घिसिङ ।
आफ्नै जीवन अनवरतरुपमा संर्घषमा बिताएका, न्याय, समानता र स्वतन्त्रताका लागि १० वर्षे जनयुद्धमा समेत लडेका, जनवादी गीत-संगीतको पहेलीमा भिजेका नेता माइला लामाको शब्द/ संगितमा गायिका घिसिङले अवसरवाद नामक गीत सार्वजनिक गरेकी हुन् ।
अवसरवादको न आकार हुन्छ, न रंग, जसरी नि फाइदा लिने मात्र हुन्छ ढंग भन्दै गायिका घिसिङले अवसरवादका बारेमा गीतमार्फत आम दर्शक स्रोतलाई छ्याङगै बुझने प्रस्तुती पस्केकी छिन् ।
उनको बोलीमा मिठास छ ।
नेपाली राजनीतिको मौलाउँदै गएको अवसरवादको मुल चरित्रलाई गीतमार्फत उजागर गर्ने कोसिस शब्द र संगीत दिएका माइला लामा र त्यसमा स्वर भरेकी निर्मलाले गरेकी छन् ।
गीत गायिका घिसिङले शुक्रवार आफनो युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् ।













सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू
काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
जनमुक्ति मार्ग निर्माणले लियो गति
आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
प्रतिक्रिया