निर्मला घिसिङको ‘अवसरवाद’ सार्वजनिक (भिडियाे)
काठमाडौं । मान्छेले आफनो ब्यक्तिगत स्वार्थ र अवसरका लागि के सम्म गर्ला ? समाज, न देश, न दुनियाँ, कसैका लागि पनि होइन, केबल आफनो फाइदा र स्वार्थका लागि मान्छेले सिद्धान्त, विचार, आर्दश, सामाजिक मूल्य /मान्यता, नैतिकता साराका सारा दाउमा लगाउँछ भने त्यस्तो खतरनाक प्रवृत्तिलाई के भन्ने होला – अवसरवाद ?
हो, मान्छेहरुमा देखिने गरेका त्यस्ता खतरनाक प्रवृत्तिलाई अवसरवाद भन्नुपर्छ ।
अरुका लागि होइन, आफनो मात्र ब्यक्तिगत स्वार्थ र फाइदा खोज्ने र त्यसैमा तल्लिन हुने प्रवृत्तिलाई बेलैमा चिन्ने, घृणा गर्ने र संर्घषमा परास्त गर्नुपर्ने सन्देश गीतमार्फत खरो ढंगले बोकेर आएकी छिन्, गायिका निर्मला घिसिङ ।
आफ्नै जीवन अनवरतरुपमा संर्घषमा बिताएका, न्याय, समानता र स्वतन्त्रताका लागि १० वर्षे जनयुद्धमा समेत लडेका, जनवादी गीत-संगीतको पहेलीमा भिजेका नेता माइला लामाको शब्द/ संगितमा गायिका घिसिङले अवसरवाद नामक गीत सार्वजनिक गरेकी हुन् ।
अवसरवादको न आकार हुन्छ, न रंग, जसरी नि फाइदा लिने मात्र हुन्छ ढंग भन्दै गायिका घिसिङले अवसरवादका बारेमा गीतमार्फत आम दर्शक स्रोतलाई छ्याङगै बुझने प्रस्तुती पस्केकी छिन् ।
उनको बोलीमा मिठास छ ।
नेपाली राजनीतिको मौलाउँदै गएको अवसरवादको मुल चरित्रलाई गीतमार्फत उजागर गर्ने कोसिस शब्द र संगीत दिएका माइला लामा र त्यसमा स्वर भरेकी निर्मलाले गरेकी छन् ।
गीत गायिका घिसिङले शुक्रवार आफनो युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् ।

















काठमाडौँ टोखामा विस्केट जात्रा सुरु
सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
British ambassador Fenn pays courtesy call on Education Minister Pokharel
Gold and silver prices up
गाजामा भएको इजरायली आक्रमणमा १० जनाको मृत्यु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
प्रतिक्रिया