जसपाको यस्तो बन्दैछ संगठनात्मक संरचना (विधानसहित)
केन्द्रीय समिति १५१, प्रदेश समिति ५१, जिल्ला समिति ५७ र पालिका समिति ७१ सदस्यीय बनाउने प्रस्ताव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आजदेखि काठमाडौंमा विधान अधिवेशन चल्दैछ । तीन दिनसम्म चल्ने अधिवेशनले पार्टीको संगठनात्मक संरचनादेखि तय भएको संरचनाका आधारमा निर्वाचित हुने पदाधिकारी तथा सदस्यहरुसम्मको संख्या, मापदण्ड लगायतका सबै विषय टुंग्गो लगाउने छ ।
विधान सम्मेलनले टुंग्गो लगाएको विधानका आधारमा जसपाको राष्ट्रिय महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुनेछ । जसपाले केन्द्रदेखि जिल्ला तहसम्म पाँच तहको पार्टी संरचना निर्माण गर्ने गरी प्रस्तावित विधानमा व्यवस्था गरेको छ ।
केन्द्रमा संघीय परिषद्, केन्द्रीय समिति, प्रदेश समिति, पहिचानमा आधारित प्रादेशिक समिति र जिल्ला समिति गरी पाँच तहको पार्टी संरचना निर्माणको प्रस्ताव विधान अधिवेशनमा गरेको छ ।
केन्द्रमा केन्द्रीय समिति मातहात हुने गरी केन्द्रीय कार्याकारिणी समिति र केन्द्रीय आयोगहरु रहने गरी विधानको व्यवस्था गरिएको छ ।
केन्द्रीय समितिमाथि संघीय परिषद् रहने व्यवस्था छ । संघीय परिषद्मा केन्द्रीय समिति र केन्द्रीय निकायका सदस्यहरू, प्रदेश, प्रादेशिक निकाय र राष्ट्रिय समितिका पदाधिकारीहरू, जिल्ला समितिका अध्यक्षहरू तथा पार्टीको मान्यता प्राप्त जनवर्गीय तथा सामाजिक सङ्गठनका अध्यक्षहरू यसका पदेन सदस्य हुने गरि ब्यवस्था गरिएको छ ।
तर, यो समिति मात्र सल्लाहकार समिति जस्तो बनाउन खोजिएको छ । समितिलाई केन्द्रीय समितिलाई कुनै नीति निर्माणका विषयमा सल्लाह सुझाव दिने, केन्द्रीय समितिले पारित गरेका निर्णय, डकुमेन्टहरु पारित गर्ने लगायतका अधिकार मात्र राखिएको छ ।
संघीय परिषद्लाई सल्लाहकारको भूमिकामा सिमित बनाउन खोजेर अध्यक्ष उपेन्द्र यादवले आफूलाई बलियो बनाउन खोजेका छन् । उनले एकल अधिकारमा पार्टीलाई फेरि फर्काउन खोजेर आफूलाई थप शक्तिशाली विद्यानको व्यवस्थाबाट बनाउन खोजिरहेका छन् । प्रस्तावित विधान अधिवेशनले पारित भएमा जसपामा उपेन्द्र झन् शक्तिशाली बन्दै छन् ।
डा. बाबुराम भट्टराईसँग पार्टी एकता गर्दा जसपामा यो संरचना निर्माण भएको थियो । यही संरचनाबाट डा. बाबुरामलाई त्यसको अध्यक्ष बनाइएको थियो । तर, अहिले बाबुराम जसपाबाट अलग भएर नेपाल समाजवादी पार्टी (नेसपा) बनाइसके पनि यो संरचना कायमै छ । ओशक राईलाई त्यस समितिको अध्यक्षको जिम्मेवारी दिइएको छ ।
तर यसलाई कार्यकारीको रुपमा नभई मात्र सल्लाहकारको रुपमा सिमित बनाउन विधानमा खोजिएको छ ।
केन्द्रीय समिति अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ३ र कोषाध्यक्ष १ समेत गरी १५१ सदस्यीय केन्द्रीय समिति रहने गरी प्रस्ताव गरिएको छ । पदाधिकारी तथा सदस्यहरूको निर्वाचन गर्दा ३ जना निर्वाचित हुने पदहरूमा १ जना महिलासहित सामाजिक समूहहरूको समावेशी हुनु पर्ने प्रस्ताव छ ।
केन्द्रीय कार्याकारिण समितिमा सङ्घीय परिषद अध्यक्ष, केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उप–महासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय समितिबाट निर्वाचित पन्ध्र जना सदस्य समेत रहने गरी केन्द्रीय कार्यकारिणी समिति गठन गरिने जसपाको प्रस्तावित विद्यानमा छ । केन्द्रीय निकायका अध्यक्षहरू यस समितिका पदेन सदस्य हुने पनि प्रस्ताव गरिएको छ ।
केन्द्रीय समितिको निर्वाचनमा कम्तीमा एक तिहाई महिलासहित नेपालको विविधता प्रतिविम्बित हुने गरी खस–आर्य, आदिवासी जनजाति, मधेसी, थारू, दलित, मुस्लिम र अल्पसङ्ख्यक समुदायका जातीय/सामाजिक समूहरूबाट ७० प्रतिशत र खुला प्रतिस्पर्धाबाट ३० प्रतिशत केन्द्रीय सदस्यहरू (पदाधिकारीबाहेक) निर्वाचित हुने र यसरी निर्वाचित गर्दा कम्तीमा ४० प्रतिशत युवाहरू हुनुपर्ने प्रस्तावित विधानमा व्यवस्था छ ।
सामान्यतः पार्टी समितिका निवर्तमान अध्यक्ष वरिष्ठ नेता हुने प्रस्ताव गरिएको छ । महाधिवेशनले अन्यथा निर्धारण गरेकोमा बाहेक निजको मर्यादाक्रम अध्यक्ष पछि रहने तथा अध्यक्षसहित बढीमा ९ सदस्यीय केन्द्रीय सचिवालय र महासचिवसहित ५ सदस्यीय केन्द्रीय कार्यालय समिति गठन गरिने पनि प्रस्ताव गरिएको छ ।
प्रदेश समिति भने जसपाले ५१ सदस्यीय बनाउने प्रस्ताव गरेको छ । त्यसमा मधेस र कर्णाली प्रदेशका जिल्ला अध्यक्षलाई भने पदेन सदस्यका रुपमा मान्यता दिने प्रस्ताव विधानमा छ ।
प्रदेश समितिमा अध्यक्ष १, उपाध्यक्ष ३, मुख्यसचिव १, सचिव ३, कोषाध्यक्ष १ समेत बढीमा ५१ जना सम्म सदस्यहरू निर्वाचित गर्ने उल्लेख छ ।
प्रादेशिक निकाय, राष्ट्रिय समितिका अध्यक्षहरू र प्रदेश संसदीय दलका नेता प्रदेश समितिका पदेन सदस्य हुने भनिएको छ । प्रदेश समितिमा कम्तीमा एक तिहाई महिलासहित प्रदेशको जातीय/सामुदायिक विविधता झल्कने गरी समावेशीकरण गरिने उल्लेख छ ।
प्रदेश अधिवेशनद्वारा समानुपातिक समावेशी हुने गरी जातीय तथा सामाजिक समूहबाट ६० प्रतिशत र खुला प्रतिष्पर्धाबाट ४० प्रतिशत निर्वाचित हुनेगरी प्रदेश समितिले सङ्ख्या निर्धारण गरी निर्वाचन गराइने भनिएको छ ।
प्रदेशको पदाधिकारी र प्रदेश समितिबाट निर्वाचित ८ जना सदस्यसहित प्रदेश कार्यकारिणी समिति गठन गरिने र प्रदेश समितिका अध्यक्षसहित बढीमा सात सदस्यीय प्रदेश सचिवालय र प्रदेश समितिका सचिवसहित ५ सदस्यीय प्रदेश कार्यालय समिति गठन गरिने भनिएको छ ।
जिल्ला समिति ५७ सदस्य हुने विधानमा प्रस्ताव गरिएको छ । जिल्लामा अध्यक्ष –१, उपाध्यक्ष –२, सचिव –१, उपसचिव –२, कोषाध्यक्ष –१ समेत गरी ५७ जना सम्म सदस्य रहने प्रस्ताव गरिएको छ ।
जिल्ला मातहतका पालिका समितिका अध्यक्षहरू, निर्वाचन क्षेत्र (प्रतिनिधि सभा र प्रदेश सभा) का संयोजकहरूलाई जिल्ला समितिका पदेन सदस्य हुने ब्यवस्था विधानमा गर्न खोजिएको छ ।
जिल्ला समितिमा कम्तीमा एक तिहाई महिलासहित जिल्लाको विविधता प्रतिविम्वित हुनेगरी जातीय÷भाषिक÷धार्मिक÷साँस्कृतिक समुदायहरूको समावेशीकरण गरिने र जिल्ला सदस्यहरूका लागि ५० प्रतिशत सामाजिक समूहको आधारमा समावेशीकरणबाट र ५० प्रतिशत खुला प्रतिस्पर्धाबाट निर्वाचित हुने ब्यवस्था गर्न खोजिएको छ ।
पालिका तहमा गाउँ र नगरपालिकामा ७१ जना सम्मको कमिटी, उपमहानगरपालिकामा ९१ जना सम्मको कमिटि र महानगरपालिकामा १०५ जना सम्मको कमिटि बनाउने प्रस्ताव विधानमा गरिएको छ ।
त्यस्तै टोल समिति २१ जनाको बनाउने पनि प्रस्ताव छ । उसले बुथ समिति बनाउने कुरा पनि विद्यानमा प्रस्ताव गरेको छ ।
७० वर्षे उमेरहदको प्रस्ताव
नेकपा एमालेले विद्यानमा रहेको ७० वर्षे उमेरहदको धारा निलम्बन गरिरहेको बेला जसपाले भने उमेर हदको प्रस्ताव ल्याएको छ । उसले ७० वर्षे उमेरहद कायम गर्ने भनी प्रस्तावित विधानमा ब्यवस्था गरेको छ । प्रस्तावित विधानको दफा ८६ मा भनिएको छ, -७० वर्ष उमेर भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिमा पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनीत हुन पाउनेछैन ।
हेर्नुहोस् प्रस्तावित विधान

शितल शर्मा
मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
प्रतिक्रिया