मंगलबार, चैत २४, २०८२

धनगढी उपमहानगरको बजेट एक अर्ब ९३ करोड

मेरोन्यूज २०८० असार १० गते १९:२७

काठमाडौँ । धनगढी उपमहानगरले आर्थिक वर्ष २०८०/०८१ का लागि एक अर्ब ९३ करोड ८ लाख २४ हजार २१८ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार दशौं नगरसभामा उपमहानगरका उपप्रमुख कन्दकला कुमारी रानाले आगामी वर्षको बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेट नगरसभाबाट पारित भएको छ ।

रानाले प्रस्तुत गरेको अनुमानित बजेटमा कूल खर्चमा चालुतर्फ एक अर्ब १७ करोड ४४ लाख ९७ हजार रुपैयाँ रहेको छ भने पुँजीगततर्फ ७५ करोड ६३ लाख २७ हजार रुपैयाँ छ ।

आयतर्फ आन्तरिक आय ३५ करोड ४३ लाख २० हजार रुपैयाँ, राजस्व बाँडफाँड ४६ करोड ९७ लाख ९२ हजार रुपैयाँ, अन्तर सरकार वित्तीय हस्तान्तरण (नेपाल सरकार) बाट ९२ करोड ८५ लाख, अन्तर सरकार वित्तीय हस्तान्तरण (प्रदेश सरकार) ५ करोड ३२ लाख १२ हजार रुपैयाँ र सरी आएको मौज्दात १२ करोड ५० लाख रुपैयाँ गरी कूल आय एक अर्ब ९३ करोड ८ लाख २४ हजार रुपैयाँ अनुमान गरिएको उपप्रमुख रानाले उल्लेख गरिन् ।

व्ययतर्फ चालु खर्च एक अर्ब १७ करोड ४४ लाख ९७ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ ७५ करोड ६३ लाख २७ हजार रुपैयाँ गरी कूल एक अर्ब ९३ करोड ८ लाख २४ हजार रुपैयाँ अनुमान गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

आर्थिक विकास तर्फ नौ करोड ६५ लाख ९३ हजार ८ सय १७ समाजिक विकासतर्फ ८५ करोड ३६ लाख ५ हजार, पूर्वाधार विकासतर्फ ३६ करोड ८३ लाख ७४ हजार, शुसासन तथा आन्तरसम्बन्धिततर्फ ५ करोड ६५ लाख ५५ हजार, कार्यालय सञ्चालनतर्फ ५५ करोड ५६ लाख ९५ हजार बजेट विनियोजन गरिएको उपप्रमुख रानाले बताइन् ।

प्रतिक्रिया