कांग्रेस नेता आनन्द ढुंगानाका छोरा डा. अशेष न्याम्सको डिन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन विभागका संयोजक आनन्द ढुंगानाले आफ्ना छोरा डा अशेष ढुंगानालाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को डिनमा नियुक्ती दिलाएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई राजनीतिक दबाब दिलाएर उनले छोरालाई न्याम्सको डिन नियुक्त गराएको भन्दै विरोध भइरहेको छ ।
न्याम्सका सहकुलपति स्वास्थ्यमन्त्री बस्नेतले निकटस्थहरूलाई राजनीतिक प्रेसमा डा ढुंगानालाई डिनमा नियुक्त गर्नै पर्ने अवस्थामा आफू पुगेको बताउने गरेका छन् ।
न्याम्सका नवनियुक्त उपकुलपति डा भुपेन्द्र बस्नेतको सिफारिसमा डा ढुंगानालाई मन्त्री बस्नेतले डिन नियुक्त गरेका हुन्।
यसअघि वीर अस्पतालको मेडिसिन विभागमा प्रमुखको रूपमा कार्यरत डा. ढुंगाना सिनियर भए पनि कार्यक्षमता त्यति नभएको पात्रका रूपमा परिचित रहेको निकटस्थहरू बताउँछन् । विशेषगरी नेता आनन्द र चिकित्सक संघको दबाबमा ढुंगाना डिनमा फड्को मार्न सफल भएको भन्दै उनकै सहकर्मीहरूले नै विरोध गर्न थालेको बताइन्छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा डा. बस्नेत नियुक्त भएका छन् । उनी पनि कांग्रेसी नै हुन् । यसअघि निमित्त कुलपति रहेका डा. बस्नेतले महंगो मूल्यमा वीर अस्पताललाई आवश्यक पर्ने भन्दै विभिन्न उपकरण किनेर प्रयोगमा नल्याएको आरोप लाग्दै आएको छ ।
यसैगरी, न्याम्सको रेक्टरमा डा. लोचन कार्की नियुक्त भएका छन् । उनी कांग्रेस निकट नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष हुन् । रजिष्ट्रारमा डा. ज्ञानेन्द्र शाह नियुक्त भएका छन् ।
















हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया