बुधबार, माघ २१, २०८२

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

मेरोन्यूज २०८० असार ११ गते १४:०४

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदमा बहाल रहँदा ढकालले एक करोड ४४ लाख ११ हजार ७८१ गैरकानूनी रूपमा कमाएको देखिएकोले सोही बमोजिमको बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा ढकालले प्रचलित कानूनबमोजिम पेश गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिएको उल्लेख छ ।

साथै अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको र सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी रूपमा उक्त रकम बराबरको सम्पत्ति आर्जन गरेको अभियोगपत्रमा उल्लेख छ ।

प्रतिक्रिया