सातौं राष्ट्रिय महिला तथा पुरुष क्लव भलिबल लिग असार २३ गतेदेखि

काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लव भलिबल लिग आगामी असार तेस्रो सातादेखि शुरु हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा आगामी असार २३ देखि ३० गतेसम्म पुरुष तथा महिला भलिबल क्लव लिग हुने भएको हो । यसै संस्करणदेखि प्रतियोगितामा प्रधानमन्त्री कप नाम राखिएको छ ।
संघले सोमवार एक कार्यक्रम आयोजना गर्दै प्रतियोगिताका बारेमा जानकारी दिएको हो । क्लव भलिबल च्याम्पियनसिपमा पुरुषतर्पm आठ र महिलामा ६ टोलीले प्रतिष्पर्धा गर्दैछन् । पाँच महिना अगाडि सम्पन्न क्लव भलिबल च्याम्पियनसिपबाट छनोट भएका टोलीले क्लव भलिबल लिग खेल्न लागेका हुन् ।
पुरुषमा टिपटप हेल्प नेपाल स्पोटर््स क्लव, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस, दावाली मिलन क्लव, केशवलाल स्मृति प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल क्लव संघ र शैलुङ बागढुङ्गा स्पोटर््स क्लवले चुनौती प्रश्तुत गर्नेछन् । महिलामा भने नेपाल पुलिस, न्यु डायमन्ड युथ स्पोटर््स क्लव, एपिएफ, आर्मी, एभरेस्ट भलिबल क्लव र गण्डकी प्रदेश भलिबल क्लवले प्रतिष्पर्धा गर्नेछन् । प्रत्येक टोलीले तीन जना विदेशी खेलाडी समावेश गर्न पाउने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।
पुरुष र महिला दुवै तर्पm शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीले क्रमशः ६ लाख, तीन लाख र एक लाख ५० हजार रुपैयाँ पाउनेछन् । चौथो स्थानमा रहने टोलीले भने ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले ४० लाख रुपैयाँ सहयोग गरेको संघले जनाएको छ । पुरुषतर्पm क्लव लिगको उपाधि भिडन्त तय गर्ने दुई टोलीले पहिलोपटक हुन लागेको काभा क्लव भलिबल च्याम्पियनसिपमा खेल्नेछन् ।
नेपाल भलिबल संघको आयोजनामा पहिलोपटक काभा क्लब भलिबल च्याम्पियनसिप नेपालमा नै हुँदैछ । त्यसका लागि संघले प्रक्रिया अगाडि बढाइसकेको छ । सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) का अध्यक्ष मोहमेद लथिफले नेपाललाई पहिलोपटक काभा क्लव भलिबल च्याम्पियनसिप आयोजना गर्न दिने संकेत गरिसकेको चन्दले जानकारी दिए । यद्यपि, स्वीकृति पत्र भने आउने बाँकी रहेको उनको भनाइ छ ।
















जेठ १० गते यार्सागुम्बा संकलन गर्न पाइने
दराजले ल्यायाे ५.५ बिग समर सेल
डब्ल्यूएचओद्वारा दोस्रो ‘हान्टाभाइरस’ सङ्क्रमण पुष्टि
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा साढे दुई लाख विदेशी पर्यटक
२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया