कीर्ते गरेको आरोपमा वाणिज्य बैंकका प्रबन्धक शाहीलाई ८ वर्ष जेल, सवा कराेड जरिवाना
मेरोन्यूज
२०८० असार ११ गते २०:४९
काठमाडौँ । कीर्ते कागज बनाएर ऋण प्रवाह गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंकको नेपालगञ्जस्थित त्रिभुवनचोक शाखाका प्रबन्धक ललितकुमार शाही दोषी ठहर भएका छन् ।
उनका साथै रिजवान अहमदमाथि समेत कैद तथा जरिवाना हुने फैसला भएको छ । विशेष अदालतको आइतबारको इजलासले प्रबन्धक शाहीलाई दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको विशेष अदालतले जनाएको छ । यसका साथै एक करोड २५ लाख रुपैयाँ जरिवानासमेत तोकिएको छ ।
इजलासले १ असारमै कसुर कायम गरे पनि तीन वर्षभन्दा बढी सजाय हुने भएकाले सजाय निर्धारण गर्न आइतबारको पेसी राखिएको थियो ।
अदालतले अहमदलाई एक वर्ष ६ महिना कैद सजाय निर्धारण गरेको छ । यस मुद्दाका अन्य ६ प्रतिवादीले भने सफाइ पाएका छन् ।
सम्बन्धित
















चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
सर्लाहीमा कार दुर्घटना : एक युवकको मृत्यु, ३ जना घाइते
निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन गरिदै
बाल सुधारगृह सानोठिमीमा अब बालिका मात्रै राखिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया