१४ अर्ब बढी निक्षेप हिनामिना गर्ने शिव शिखर सहकारीका अध्यक्ष शर्मा पक्राउ

काठमाडौं । बचतकर्ताको १४ अबै रूपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)को टोलीले शर्मालाई भारतको मुम्बईबाट पक्राउ गरेको हो ।
शर्मा मुम्बईमा लुकेर बसेको सूचना पाएर त्यहाँ पुगेको सीआईबीको टोलीले पक्राउ गरेको हो ।
शर्मालाई मुम्बईस्थित एकजना भारतीय विधायकको घरमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरेको सीआईबीले जानकारी दिएको छ ।
भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको यो शहकारीले बचकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको उजुरी परेको छ।
उपत्यकाका ३ वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरसहित उपत्यका बाहिर पनि प्रमुख शहरहरुमा शाखा विस्तार गरेको सहकारीका सञ्चालविरुद्ध सबै शाखाका बचतकर्ताले उजुरी गरेका छन्।
अध्यक्ष शर्माले भारतमा पनि संस्था खोलेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले भारतमा श्रीमती गीताको नाममा शिखर अर्गनाइजेसन नामको संस्था खोलेको पाइएको जानकारी दिएको छ ।
प्रहरीले शर्माकी श्रीमती गितालाई यसअघि नै पक्राउ गरिसकेको छ ।
















यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
आज माघ २१ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया