ललिता निवासको जग्गा बकसमा लिने पूर्व आयुक्त शाह पक्राउ
मेरोन्यूज
२०८० असार १२ गते १५:०६

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणको पुनः अनुसन्धान थालेको प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो । उनी २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त थिए ।
ललिता निवासको जग्गा शाहले श्रीमतीको नाममा बकस लिएको अनुसन्धानमा देखिएको थियो । जसमा उक्त जग्गा हिनामिना गर्न उनको समेत मिलेमतो रहेको भन्दै सीआईबीले पक्राउ गरेको हो ।
सीआईबीले यस प्रकरणमा अनुसन्धान गर्न भाटभटेनीका साहु मीनबहादुर गुरुङसहित ६ जनालाई पक्राउ गरिसकेको छ ।
सीआइबीले डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरू कलाधर देउजा, हुपेन्द्रमणि केसी, धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्कीलाई पक्राउ गरिसकेको छ ।
सम्बन्धित
















चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
सर्लाहीमा कार दुर्घटना : एक युवकको मृत्यु, ३ जना घाइते
निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन गरिदै
बाल सुधारगृह सानोठिमीमा अब बालिका मात्रै राखिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया