सरकारका नीति बाँच्न पाउनुपर्ने हकविरुद्ध भन्दै ट्याक्सी, ट्रक र ट्यांकर चालकहरूको प्रदर्शन

काठमाडौं । ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुले आज काठमाडौंमा आन्दोलन गरेका छन् ।
२० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने लगायतका माग राख्दै सार्वजनिक सवारी साधनका चालकहरूले कलंकी–बालाजु खण्डको सडकको एक लेन ढाकिने गरी आफूहरूको सवारी साधनसहित प्रदर्शन गरेका छन् । उनीहरूको प्रदर्शनले सवारी आवागमन प्रभावित भएको प्रहरीले जानकारी दिएको छ ।
राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघको ब्यानरमा प्रदर्शनमा उत्रिएकाहरुले आफूहरुका लागि पार्किङ स्ट्याण्ड हुनुपर्ने, २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने, निजी सवारी साधनले भाडाका सवारी साधनले जस्तो सेवा दिन नपाउनुपर्ने, लगायतका माग आफूहरूको सवारी साधनका अगाडि र पछाडि राखेका छन् ।
सरकारका नीति र निर्णय आफूहरुको बाँच्न पाउनुपर्ने हकविरुद्ध भएको उनीहरूले बताएका छन् ।
रातो नम्बर प्लेटका सवारीले यात्रु बोक्न प्रतिवन्ध गर्नुपर्ने, अनलाइन ट्याक्सी बुकिङ बन्द गर्न गर्नुपर्ने, ट्राफिक प्रहरीको ज्याजती बन्द हुनुपर्ने लगायतका माग पनि उनीहरूको छ ।
राष्ट्रवादी यातायात व्यवसायी महासंघ इन्चार्ज भुवन संगमले स्वदेशी पुँजी र लगानीलाई राज्यले संरक्षण गर्नुपर्नेमा आजसम्म सौतेनी व्यवहार गर्दै आएको बताए ।
यातायात क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ भन्ने आफूहरूको मुख्य काम भएको उनले बताए ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया