बुधबार, माघ २१, २०८२

अकुत सम्पत्ति कमाउने गोपालबहादुरलाई १८ करोड जरिवाना, १५ महिना कैद सजाय

मेरोन्यूज २०८० असार १५ गते १७:१७

काठमाडौँ । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्का अकुत सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन् ।  

विशेष अदालतले अकुत सम्पत्ति आर्जन गरेकोमा दोषी ठहर गर्दै १८ करोडभन्दा बढी बिगो र जरिवाना तथा १५ महिना कैद सजायको फैसला सुनाएको हो । 

न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिकराम कोइराला र खुशीप्रसाद थारुको संयुक्त इजलासले शुक्रबार खड्कालाई नौ करोड १९ लाख ६ हजार रुपैयाँ जरिवाना र सोही बराबर बिगो तोक्दै एक वर्ष तीन महिना कैद सजाय सुनाएको हो । 

साथै, इजलासले उनको नाममा भएको सबै सम्पत्ति र श्रीमतीको नाममा भएका दुई वटा जग्गा पनि जफत गर्न आदेश दिएको छ ।

१३ पुस २०७५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध विशेष अदालतमा गैरकानूनी रुपमा १८ करोड रुपैयाँभन्दा बढी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । 
 

प्रतिक्रिया