बुधबार, माघ २१, २०८२

सिरहामा लागु औषधसहित तीन पक्राउ

मेरोन्यूज २०८० असार १६ गते १६:१३

काठमाडौँ । सिरहामा लागु औषधसहित तीन जना पक्राउ परेका छन् । सिरहा नगरपालिका ७ बाट प्रहरीले प्रतिबन्धित लागु औषध खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सदरमुकामस्थित ट्राफिक चोकबाट ७०.९३ ग्राम खैरो हेरोइन र तौल गर्ने डिजिटल मेसिनसहित तीन युवकलाई पक्राउ गरेको हो।

प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेका अनुसार पक्राउ पर्नेमा सिरहा ८ का २० वर्षीय विवेक ठाकुर र १९ वर्षीय मनिष यादव र सिरहा २० का १९ वर्षीय सत्यनारायण कारक छन् ।

उनीहरूविरुद्ध सिरहा जिल्ला अदालतबाट शुक्रबार लागु औषध मुद्दामा १० दिनको म्याद लिएर जिल्ला प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया