विश्वकप छनोटको प्लेअफमा नेपाल र यूएईबीच प्रतिष्पर्धा हुँदै

काठमाडौँ । जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको प्लेअफ खेलमा आज नेपाल र यूएईबीच प्रतिष्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार १२ः४५ बाट शुरू हुनेछ।
नेपाल र यूएई दुवै यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट हुन असफल भएका टोली हुन् । ‘सुपर सिक्स’ मा समेत नपुगी दुवै टोली बाहिरिएका हुन् ।
अब नेपाल र यूएईबीचको विजेताले सातौं स्थानका लागि आयरल्यान्ड विरुद्ध भिड्न पाउनेछ। पहिलो प्लेअफमा आयरल्यान्डले अमेरिकालाई पराजित गरेपछि सातौं स्थानको लागि भिड्ने मौका पाएको थियो।
यस्तै नेपाल र यूएईबीचको पराजित टोलीले भने नवौं स्थानको लागि अमेरिकाको सामना गर्नेछ।
यूएईको तुलनामा नेपाल बलियो देखिएको छ। नेपाल एकदिवसीय वरीयतामा १४औं स्थानमा छ भने यूएई १९औं स्थानमा छ।
पछिल्लो पाँच एकदिवसीय खेलमा पनि नेपालले दुई जित र तीन हार बेहोर्दा यूएईले पाँचै खेल हारेको छ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
प्रतिक्रिया