बुधबार, माघ २१, २०८२

ललिता निवासको जग्गा संरक्षण गर्न पुग्यो काठमाडौँ महानगरको प्रहरी

मेरोन्यूज २०८० असार १७ गते १५:०२

काठमाडौँ । भाटभटेनीका मालिक मिनबहादुर गुरुङसहित विचौलियले कब्जा गरेको प्रधानमन्त्री निवास बालुवाटारको जग्गा संरक्षणका लागि काठमाडौँ महानगरको प्रहरी जुटेको छ ।

बालुवाटारस्थित ललिता निवासको जग्गामा तारबार गरी संरक्षण गर्न महानगरको प्रहरी पुगेको हो । आइतबार महानगर प्रहरीको एक टोली बालुवाटार पुगेको महानगरले जनाएको छ ।

अहिले ललिता निवासको जग्गा यकीन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ । ललिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ ।

हाल यो जग्गा व्यक्तिको नाममा लैजान सरकारी कागजात कीर्ते गरेको आरोपमा केही व्यक्तिलाई पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया