दीपेन्द्रको धैर्यमा नेपाल विजयी, यूएई तीन विकेटले पराजित

काठमाडौँ । आईसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा नेपाल विजयी भएको छ । यूएईले दिएको १८२ रनको लक्ष्य पूरा गर्दै नेपाल तीन विकेटले विजयी भएको हो ।
नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले धैर्य गर्दै सर्वाधिक ७९ रन बनाए । यूएईविरुद्धको जवाफी ब्याटिङ गर्दा संकटमा परिसकेको अवस्थामा उनले ८५ बल खेल्दै नेपाललाई जित दिलाएका हुन् । उनले ७ चौका र २ छक्का प्रहार गरे ।
यस्तै, ओपन कुशल भुर्तेलले ५९ बल खेल्दै ३५ रन बनाए । सन्दीप लामिछाने २३ रन बनाए । ज्ञानेन्द्र मल्ल १३ र गुल्सन झाले १२ रन बनाएका थिए । अरु ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन् ।
टस जितेर फिल्डिङ गरेको नेपालले चीर प्रतिद्वन्द्वी यूएईलाई सुरुदेखि दबाबमा राखेको थियो । ४६.५ ओभरमा १८१ रनमा अलआउट भएपछि नेपालले १८२ रनको लक्ष्य पाएको थियो ।
बलिङतर्फ लामिछाने र करण केसीले समान ३-३ विकेट लिए । यसैगरी प्रतिस जिसी, गुल्सन झा र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।
खेलमा यूएईका कप्तानी गरिरहेका वृत्या अरविन्द र अर्यांश शर्माले दोस्रो विकेटमा ६४ रन जोडे । अर्यांशले ४३ बल खेल्दै २८ रन बनाए । यस्तै, वृत्याले ७५ बल खेल्दै ४ चौकासहित ४४ रन बनाए ।
रमिज सेहजाद १० रनमा आउट हुँदा रोहन मुस्ताफा र बसिल हमिदले पाँचौं विकेटमा ५८ रनको साझेदारी गरे । मुस्ताफाले ५६ बल खेली ३ चौकासहित ३५ र बसिलले ३५ बल खेली २ चौकासहित २९ रन बनाए ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया