बुधबार, माघ २१, २०८२

दुई अज्ञात पुरूषसहित चार जनाको शव फेला

मेरोन्यूज २०८० असार १८ गते १५:००

काठमाडौँ । धनुषाको जनकपुर उपमहानगर ४ मुर्ली चोकस्थित जटही बसपार्कमा एक जनाको शव फेला परेको छ ।

प्रहरीका अनुसार सोही उपमहानगर २४ बसैया बस्ने ५० वर्षीय पशुपति झा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै, नवलपरासी (पूर्व), वुलिङटार गाउँपालिका ६ भुमरीघाटस्थित कालिगण्डकी नदीको किनारमा एक वृद्धको शव फेला परेको छ । पाल्पा रामपुर नगरपालिका ३ ओइरिघाटका ६६ वर्षीय जित बहादुर खत्रीको शव फेला परेको हो ।

यसैगरी काठमाडौँ महानगर १६ म्हैपी खोलाको बाटोमा अज्ञात पुरुषको शव फेला परेको छ ।

सुनसरी इटहरी उपमहानगर ५ रिलाइन्स गेटअगाडि खाली जग्गामा त्रिपालको बेरा लगाई बस्ने अज्ञात २८ वर्षीय युवकको शव फेला परेको छ । यी सबै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया