बागी हुँदा कारवाही, जितेपछि लगत्तै फेरि फुकुवा
पार्टी निर्णय नमानी चुनावमा बागी बनी जितेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधि मूल घरमै फर्किने क्रम बढेको छ

काठमाडौं । नेपाली राजनीतिमा दल–अदलबदलको समस्या नयाँ होइन । चुनावमा टिकट लिन, जित्न र हराउन समेत दल अदल-बदलका परिदृश्य देखिनु कुनै नौलो कुरा होइन । यो प्रवृत्ति नेपालमा मात्र होइन, हाम्रा छिमेकी मुलुक भारतमा पनि मौलाउादो छ ।
चुनाव जित्न दल बदल्ने मात्र हैन, टिकट नपाए दललाई लात मारेर बागी हुनेहरू पनि कम छैनन् । आयाराम गयारामहरूका लागि दल बदल्नु बाह्रमासे दाउ सरह भएको छ ।
राजनीतिक दलहरुले पनि आफनो सप्ठ्यारोका लागि दल अदलबदल गर्ने, बागी उम्मेदवार हुनेलाई चुनावकै मुखमा पार्टीका मतदाता पार्टीका आधिकारिक उम्मेदवारको पक्षबाट बाहिर जान नदिन कारवाहीको डन्डा चलाउने गर्छ । तर जब पार्टी अप्ठ्यारोमा पर्छ, या निर्वाचित कुनै बागी जनप्रतिनिधि छन भने उनीहरुको कारवाही निमेषभरमा फुकुवा पनि हुन्छ ।
त्यसका लागि कुनै प्रक्रिया अवलम्बन गरिरहनु पदैन । उसका पक्षमा केही जनमत ‘होल्ड’ छ भने त्यस्ता ब्यक्तिलाई राजनीतिक दलहरुले गर्ने कारवाही मात्र देखावटी हुन पुग्छन् ।
त्यसैको उदाहरण हुन् रोल्पाबाट पार्टीले बनाएको आधिकारिक उम्मेदवार भन्दा बाहिर रहेर उम्मेदवारी दिएका लुम्बिनी प्रदेशका सांसद दीपेन्द्र पुन मगर (सिजल), कर्णाली प्रदेशका सांसद देबेन्द्रबहादुर शाही लगायतका नेता ।
गत मंसिरमा यी नेताहरु पार्टीले चुनावमा बनाएको गठबन्धन र आधिकारिक उम्मेदवारको खिलाफमा थिए । उनीहरुले पार्टीको निर्णयलाई चुनौति दिादै स्वतन्त्र उम्मेदवारी दिएका थिए । चुनावमा पार्टीको निर्णय उल्लंघन गरेर अनुशासनको कारवाही भोगेका उनीहरु अहिले पार्टीको कारवाही फुकुवासागै फेरि मूलघरमै फर्किएका छन् ।
उनीहरुलाई मूलघरमा फर्किन कुनै साइत हेरिरहनु परेन । कारण दुवै जनताबाट निर्वाचित सांसद थिए । संसदमा उनीहरुको एउटा मतको पनि सरकार निर्माण गर्ने र भत्काउनेमा पनि निर्णायक हुन सक्थे । त्यक्तिमात्रै होइन, बागी उठ्दा पनि उनीहरु जनताको मत लिएर चुनाव जितेका जनप्रतिनिधि थिए ।
जसकाकारण उनीहरुसाग केही सख्यामै भएपनि मतदाता ‘होल्ड’ थियो । उनीहरुलाई कारवाही गरिराख्दा पार्टीलाई फाइदा थिएन । बरु पूनः मूलघरमै फर्काउँदा पार्टीको पक्षमा जनमत होल्ड हुन सक्थ्यो । त्यही कारण पनि अन्यत्र जान नदिन र स्वतन्त्र रहिरह्न नदिन राजनीतिक दलहरु पूनः पार्टीमा फर्काउन हतारिने गर्छन् ।
कर्णाली प्रदेश सभा सदस्य चुनावमा कांग्रेसबाट देवेन्द्रबहादुर शाहीले टिकट पाएनन । उनले बागी उम्मेदवारी स्वतन्त्रबाट दिए । चुनाव पनि जिते । उनलाई चुनावका बेला पार्टीको आधिकारिक उम्मेदवार विरुद्द खडा भएको भन्दै कांग्रेसले कारवाही ग¥यो ।
तर उनको कारवाही फुकुवा भएको थिएन । तर अहिले कांग्रेसले उनलाई पूनः आफ्नै घर फर्काउन उनीमाथीको कारवाही फुकुवा गरेको छ । स्वतन्त्रबाट निर्वाचित भएका शाहीलाई पार्टीको केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने गरी कारबाही फुकुवा कांग्रेसको केन्द्रीय अनुशासन समितिले गरेको छ ।

उनी जुम्ला प्रदेश सभा (क)बाट निर्वाचित भएका थिए । उनले कांग्रेस प्रदेश सभापति ललितजंग शाहीलाई हराएका थिए ।
शाहीको कारवाही फुकुवा गर्दा उनका प्रस्तावक र समर्थकमाथीको कारवाही पनि फुकुवा गर्ने कांग्रेसको अनुशासन समितिको निर्णय छ ।
कांग्रेसको विधानमा पार्टीका तर्फबाट विद्रोही भएका उम्मेदवार, उनका प्रस्तावक र समर्थकको साधारण सदस्य नरहने उल्लेख छ।
तर, सांसद शाही र उनका प्रस्तावक समर्थकले पुनः पार्टीमा रही हिजोका गतिविधिलाई आत्मसात गर्दै क्रियाशील रहने प्रतिवद्धता जनाए अनुसार कारबाही फुकुवा भएको कांग्रेसले जनाएको छ । सांसद शाही निर्वाचित भएदेखि अहिलेसम्म स्वतन्त्र सांसदकै भूमिकामा थिए। शाही कांग्रेसमा फर्किएपछि अब, कर्णालीमा कांग्रेस सांसदको संख्या १५ पुग्ने छ ।
उता रोल्पा १ को (ख) बाट निर्वाचित दीपेन्द्र पुन मगर सिजल पनि मूल घरमै फर्केका छन् । उनी माओवादीका रोल्पा जिल्ला इन्चार्ज समेत थिए । गत मंसिरको चुनावमा उक्त क्षेत्रमा चुनावी गठबन्धन गर्दा कांग्रेसको भागमा परयो । कांग्रेसका लुम्बिनी प्रदेश सभापतिलाई नै कांग्रेसले गठबन्धन दलका तर्फबाट साझा उम्मेदवार बनाएको थियो । तर सिजलले बागी उम्मेदवारी दिए ।

पार्टीको जिल्ला इन्चार्जले नै पार्टीको निर्णय विपरित बागी उम्मेदवारी दर्ता गरेपछि माओवादी केन्द्रले उनलाई कारवाही गरयो । उनी स्वतन्त्रबाटै चुनाव लडे र जिते पनि । तर जव पुस १० मा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड प्रधानमन्त्री भए एमालेसहितको समर्थनमा ।
सिजललाई त्यही क्षेत्रका प्रतिनिधिसभा सदस्य समेत रहेका माओवादीका उपमहासचिव वर्षमान पुनले प्रचण्डसाग भेटन लगे । उनले पार्टीभित्र आत्मआलोचना गरे । प्रचण्डले उनलाई मूलघरमै फर्काए ।
त्यस्तै मधेस प्रदेशमा पनि मधेस प्रदेशसभा सदस्यमा स्वतन्त्र निर्वाचित भएका जवाहरलाल कुशवाहा चुनावपछि माओवादीमा प्रवेश गरेका छन् । उनी भने लामो समय कांग्रेसबाट राजनीति गरेका नेता थिए । तर उनलाई कांग्रेसले चुनावका बेला टिटक दिएन । उनले स्वतन्त्र उम्मेदवारी दिए । माओवादीका स्थानीय नेता कार्यकर्तालो उनलाई चुनाव जिताउन सहयोगी भूमिका खेले ।

उनी सर्लाही क्षेत्र नं ३ (१) निर्वाचित पनि भए । त्यसपछि उनले माओवादी दल रोजे । उनलाई पनि माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले आफु प्रधानमन्त्री भएपछि पार्टीमा स्वागत गरेका हुन् ।
नेताहरु मात्रिका यादवसमेतको उपस्थितीमा प्रचण्डले कुशवाहालाई माओवादीमा स्वागत गरेका हुन् । उनी माओवादीमा आएपछि मधेस प्रदेश सभामा माओवादीका ९ सांसद भएका छन् ।
प्रदेश तहका सांसद मात्र होइन, स्थानीय पालिकाका नेताहरु पनि जित्दा स्वतन्त्रबाट जित्ने, पार्टीको निर्णय नमान्ने र कारवाही भोग्ने, तर जिते लगत्तै फेरि मूल घरमै फर्किने स्थानीय तहका जनप्रतिनिधिमा पनि छ ।
कालिकोटको सानी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसी
गत २०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा पार्टीका डम्बरबहादुर शाहीविरुद्ध बागी उम्मेदवार बनेका थिए ।
उनी बागी उम्मेदवार बनेपछि माओवादीले उनलाई कारवाही गरेको थियो । तर उनको कारवाही लामो समय रहेन । उनी जेठमै माओवादीमै पून फर्किहाले । उनले माओवादीका आधिकारिक उम्मेदवारलाई पराजित गरेर चुनाव जितेका थिए । त्यसपछि उनलाई पार्टीले महिना दिन सम्म नबित्दै फेरि पार्टीमा फर्काएको थियो ।

त्यस्तै, एक वर्षअघि स्वतन्त्र प्यानल खडा गरेर कांग्रेसका आधिकारिक उम्मेदवारहरूलाई पराजित गरेका महोत्तरीको बर्दिबास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्री पनि नेपाली कांग्रेसमा फर्किएका छन् ।
उनले पार्टीबाट टिकट नपाएपछि विद्रोह गरेर मेयर,उपमेयरसहित बहुमत वडाध्यक्ष आफ्नो प्यानलबाट जिताएका थिए ।
उनलाई गत बैशाख १६ गते कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा आयोजित एक कार्यक्रममा देउवाले पूनः पार्टीमै फर्काएका हुन् । उद्योगमन्त्री रमेश रिजालको पहलमा उनी कांग्रेसमा फर्किएका हुन् ।
पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेपछि कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। त्यतिबेला उनी पार्टीको महाधिवेशन प्रतिनिधि थिए। कांग्रेसले उनलाई साविककै जिम्मेवारी दिएर पार्टीमा फर्काएको हो ।

शितल शर्मा
मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।









यु–१९ एसिया कप : नेपालले श्रीलंकालाई दियो ८३ रनको लक्ष्य
थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाइ आक्रमण जारी
एमाले ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि गोरखाबाट प्रेम बहादुर गुरुङ भिड्दै
एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड, २५ सय सुरक्षाकर्मी तैनाथ
सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
प्रतिक्रिया