शुक्रबार, वैशाख ४, २०८३

गायक रविन तामाङको निधन

मेरोन्यूज २०८० असार १९ गते २३:३३

काठमाडौं । गायक तथा कलाकार रविन तामाङको निधन भएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-५ विष्णुमति चिस्यानीस्थित घरमा उनको निधन भएको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

रविनको निधन भएको पुष्टि उनकी दिदी भगवती तामाङले गरेकी हुन् । उनको मृत्युको कारण भने खुलेको छैन ।

उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।

रविनले थुप्रै गीत गाउनुका साथै फिल्ममा समेत अभिनय गरेका छन्। उनी पछिल्लो समय फिल्म ‘छड्के’ मा देखिएका थिए। उनका ‘चिसो चिसो हावामा’, ‘जति माया लाए पनि’, ‘भुलमा भुलियो’ लगायत गीत चर्चित छन्।

प्रतिक्रिया