प्रधानमन्त्रीले बाह्रै महिना सञ्चालन गर्ने बताएको दुई सातामा काठमाडौंमा मेलम्चीको पानी बन्द

काठमाडौँ । मुहानको पानीमा माटो र बालुबा मिसिन थालेपछि उपत्यकामा वितरण भइरहेको मेलम्चीको पानी बन्द गरिएको छ । कम्तीमा दुई महिना पानी वितरण पूर्णरूपमा बन्द गरिने आयोजनाले जनाएको छ ।
वर्षाका कारण सिन्धुपाल्चोक हेलम्बुस्थित मुहानको पानीमा माटो र बालुबा मिसिन थालेपछि सुरुङ बन्द गरेर उपत्यकामा पानी वितरण बन्द गरिएको हो ।
मेलम्ची आयोजनाका कार्यकारी निर्देशक कमलप्रसाद श्रेष्ठले २६ किमि सुरुङको सुरक्षालाईसमेत ध्यानमा राखेर गत सातादेखि नै आगामी भदौसम्मका लागि पानी बन्द गरिएको जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गत २ गते मेलम्ची मुहान पुगेर पानी बाह्रै महिना सञ्चालन गर्न सबै उपाय अपनाउने घोषणा गरेका थिए ।
उनले यस्तो घोषणा गरेको दुई सातामा पानी बन्द भएको छ ।
दैनिक १७ करोड लिटर पानी पठाउँदा जम्मा हुने बालुवाले सुरुङलाई असर गर्ने समस्याका देखिएको आयोजनाले जनाएको छ । खानेपानी मन्त्रालयसँगको समन्वयमा भएको छलफलमा जोखिम मोलेर पानी सञ्चालन नगर्ने निर्णय भएकाले बन्द गरिएको जानकारी श्रेष्ठले दिए । उनले सुरुङ जोगाउन पनि पानी बन्द गरेको बताए ।
आयोजनाले दुई महिना बन्द हुने भने पनि वर्षा भइरहेमा पानी वितरण थप समय हुन नसक्ने प्राविधिक बताउँछन् ।
















कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया