वीरगञ्जको रेडियोदेखी युट्युवसम्म नबिन गिरीको यात्रा, जसले युट्युबकै कारण राजधानीमा घर, गाडी जोडे

सर्लाहीका नबिन गिरीले सुरुमा रेडियो पत्रकारिता गरे । २०६७ सालमा वीरगञ्जस्थित रेडियो नारायणीबाट उनले पत्रकारिता थाले । दुई वर्षसम्म त्यो रेडियोमा काम गरेपछि सन् २०१४ देखी काठमाडौँबाट सञ्चालित टिभी फिल्मीमा साढे २ महिना काम गरे ।
सर्लाहीको सरस्वति उच्च माध्यमिक विद्यालय, हजरियाबाट एसएलसी दिएका नबिन अरु भन्दा फरक देखिन चाहन्थे । ‘म सानैदेखी प्राविधिक कुरामा रुची राख्थें । पुरानो ब्याट्री जोडेर बत्ति बाल्ने काम गर्थें ।’ उनले सुनाए, ‘साँझ परेपछि मलाई भेट्न गार्है थियो । नजिकैका घर, आफन्तहरुको बत्ति नबलेको ठाउमा जडान जडान गर्थें ।’ उनले निःशुल्क रुपमा सेवा प्रदान गर्थे ।
किनकी पैसाका लागि भन्दा पनि रहरका लागि उनले त्यो काम थालेका थिए । उनमा कतिसम्म कौतुहलता जागेको थियो भने अरुका घर–घर धाएर बिग्रेका रेडियो बनाउने काम गर्थे । रेडियोमा कसरी आवाज आउँछ ? त्यसभित्र मानिस हुन्छन् कि ? उनलाई बडो खुल्दुलि लाग्थ्यो । एकदिन त उनले रेडियोको स्पिकर खोले । ‘त्यसभित्र मानिस निकाल्छु भनेर खोतलें । त्यो आवाज कहाँबाट आउँछ भन्ने लाग्थ्यो ।’ उनले त्यो पल सम्झिए, ‘रेडियोभित्रको माइक्रोफोनमा भएको कालो कपडा च्यातें । तर, मानिस त थिएनन् ।’

नबिनको किस्सा यत्तिमै सकिदैन । उनले खोलेको रेडियो बिग्रिएर बज्न छोड्यो । बुबाको हातबाट उनले नराम्रोसँग पिटाई खाए । पछि बरहथवा बजार गएर बुबाले बिग्रिएको त्यो रेडियो बनाउनुभयो । त्यो रेडियो मेकानिकसँग केही सिक्नका लागि नबिन पहिले नै भेट्न गईरहन्थे ।
टेक्निकल विषय पढ्नका लागि नविन वीरगञ्ज पुगे । मोबाइल, कम्प्युटर जस्ता विषय पढ्नुपर्छ भन्ने उनको मनमा गढेको थियो । वीरगञ्जमा उनले आधारभुत कम्प्युटर पढे । ‘इन्टरनेट प्याकेज पढ् भन्नुभो सरले । त्यसपछि टेली पढें ।’ नबिनले सुनाए, ‘मलाई हार्डवेयर डिप्लोमा पढ्न मन थियो । ३५ हजार रुपैंयाँ तिरेर हार्डवेयर डिप्लोमा पढें ।’ त्यो दुई वर्षको कोर्ष थियो । सिटीइभिटीले प्रदान गर्ने मोबाइल रिपेयरिङ एक वर्षको निःशुल्क कोर्ष गरेपछि औपचारिक पढाई भन्दा पनि टेक्निकल फिल्डमै उनी केन्द्रित भए ।
‘त्यो बेला कम्प्युटरको किरा नै बनियो नि ।’ सुरुवाती संघर्षका दिनहरु सम्झिदै नबिनले सुनाए, ‘सरकारी कार्यालयमा बिग्रेका कम्प्युटर बनाउँन निजगढ, हेटौंडासम्म पुगियो । एक महिनासम्म काम गरियो । साहुले ठेक्का लिन्थ्यो ।’ अर्को महिना काम गर्दा एक महिनाको जम्मा १५ सय रुपैंयाँ दिए । १० हजार रुपैंयाँ पाउने आशा थियो । दसैंको बेला थियो । साहुले पछि हेर्छु नि भने । तर, दसैंपछि भने त्यहाँ अर्कै मानिस राखिसकेको थियो ।
एक पटक नबिनलाई कम्प्युटर बिग्रियो भनेर रेडियोको स्टेसशनमा बोलाए । केसि लामिछाने त्यो बेला रेडियो स्टेसन म्यानेजर थिए । पर्सा जिल्लाको पत्रकार महासंघका पूर्व अध्यक्ष लामिछानले उनलाई जागिरको अफर नै गरे । नबिनले सुरुमा रेडियोमा टेक्निसियनको भूमिका निभाए । त्यसपछि मात्र बल्ल न्युजको जिम्मेवारी पाए । उनले साप्ताहिक रुपमा ‘नमस्ते कलिउड’ झन्ने कार्यक्रम चलाए । यो कार्यत्रम पाँच महिनासम्म चल्यो । उनलाई बिभिन्न कलाकारहरूसँग यो कार्यक्रमले नजिक्यायो ।
सन् २०१४ मा काठमाडौँ प्रवेश गर्ने बित्तिकै नबिनले टिभी फिल्मीमा फिल्ड रिर्पोटिङ गरे । त्यसपछि रेडियो अडियोमा काम गरे । त्यहाँ पनि १८ दिन मात्र काम गरे । उनी फेरी हाइलाइट्स नेपालमा पुगे । त्यतिबेलासम्म युट्युबबारे उनलाई खासै ज्ञान थिएन । हाइलाइट्स नेपालमा ज्वाइन गर्दा ७ सय माक्र सब्सत्राइबर थियो । सञ्चालक ओम गुरुङले नबिनलाई जागिरका लागि बोलाउनु भएको थियो । एक जना चलचित्र निर्देशकले त्यहाँ जागिर खानका लागि सिफारिस गरेका थिए । युट्युबबारे ज्ञान छ ?’ उनलाई जागिर खाने बेला सोधियो । ‘थाहा छ ।’ उनले भने ।
खासमा नबिनले राम्ररी युट्युबबारे बुझेकै थिएन ।
त्यसदिन उनी ‘एक जना साथीलाई भेट्नु छ’ भनेर हतार–हतार निस्किए । पुतलीसडकनेर एउटा साइबर थियो । त्यहाँ गएर युट्युब के हो ? युट्युवको इतिहास, कसरी सञ्चालन गर्ने, त्यसमा अपलोड गरिएको पहिलो भिडियो के थियो, कसले अपलोड गरेको थियो जस्ता विविध कुराहरु उनले कुरा सिके । भोलीपल्ट हाइलाइट्स नेपालको कार्यालयमा उनले राम्रोसँग अन्तरवार्ता दिए । उनले युट्युबको जिम्मेवारी लिए । त्यहाँ प्रमुख भएर उनले चार वर्ष काम गरे ।

बिभिन्न म्युजिक कम्पनीले भर्खरै बजारमा निस्किएका लोक दोहोरीका गीत, भिडिओहरु हाइलाइट्स नेपाललाई उपलब्ध गराउँथे । लगभग २ सय बढी कम्पनीले नियमित रुपमा त्यसरी भिडिओ उपलब्ध गराउँथे । नबिनले थम्बनेल, टाइटल बनाउँने र युट्युबमा गीत अपलोड गर्थे । सुरुमा अफिसको क्यामेरा बोकेर उनले बिभिन्न कलाकारहरुको अन्तवार्ता लिए ।
त्यसबेला अन्तवार्ताकै क्रममा कलाकार दीपकराज गिरी, नरेश भट्टराई, झरना थापा, शुभेच्छा थापा, दुर्गेश थापा, प्रियंका कार्की, रेखा थापासँग नबिनको राम्रो सम्बन्ध बन्यो । हाइलाइट्स नेपालमा उनले सन् २०१६ सम्म काम गरे । कलाकार टंक तिल्सिना, दुर्गेश थापा लगायत केही म्युजिक कम्पनीको उनले युट्युब च्यानल खोलिदिए । ‘सबै गरेर मैले अरुको मात्रै २ सय वटा युट्युब च्यानल खोलें ।’ उनले सुनाए, ‘त्यो बेला नेपालबाट मोनिटाइज हुँदैनथ्यो । मुलुक नाम अर्कै राख्थ्यौं ।’
हाइलाइट्स नेपालमा हासिल गरेको सीप र अनुभव नविनले आफ्नो जीवनमा लागु गरे । सन् २०१६ मै उनले आफ्नै च्यानल अनलाइन टिभी नेपाल सुरु गरे । पहिलो भिडिओ अन्तवार्ता उनले गायिका ज्योती मगरसँग आफैले लिए । एक जना क्यामेरा म्यान थिए, शुसील श्रेष्ठ । भिडिओ एडिट उनी आफै गर्थे । त्यो सीप भएर पनि उनलाई काम गर्न सजिलो भयो ।
युट्युवबाट पहिलो कमाई
नबिनले च्यानल खोलेको दोस्रो महिनापछि २ सय २९ डलर कमाई भयो । त्यसपछि कहिल्यै उनको आम्दानी रोकिएन । कसरी भ्युज बढाउने, कसरी पैसा कमाउने, थम्बनेल कस्तो बनाउने, शिर्षक कस्तो बनाउने, ट्याग के राख्ने भन्नेबारे उनलाई राम्रो ज्ञान थियो ।
नबिनले अनलाइन टिभी नेपालको टिम बलियो बनाए । आफ्नै भाइ सरोज एसएलसी दिएर आएपछि उनलाई पनि टिममै सहभागी गराए । उनलाई काम गर्न झन् सजिलो भयो । ‘भाई सरोजले एडिट गर्थे । म र शुसील फिल्डमा खटियौं ।’ नबिनले सुनाए, ‘हामीसँग सामान्य कम्प्युटर थियो, रेन्डर हुन २ घण्टा लाग्थ्यो । पछि किरण पौडेल पनि जोडिए ।’
यसरी नबिनले बसालेको अनलाइन टिभी नेपालको जग अहिले बलियो बनिसकेको छ । शुन्यबाट खोलेको युट्युबले अहिले १६ लाख बढी सब्सक्राइबर पाईसकेको छ । त्यसबेला सुरुमा खोलेको अनलाइन नेपाल टिभीमा ७० हजार सब्सक्राइबर पुगिसकेको थियो । बिचैमा उड्यो । त्यसपछि अनलाइन टिभी नेपाल उनले सञ्चालन गरे । अहिले उनीसँग जे छ, त्यो युट्युबकै कारण हो । घर, गाडी उनले युट्युबकै आम्दानीले जोडे । तर, यो सफलता उनले सजिलै हासिल गरेका होईनन् । सुरुवाती दिनमा उनले राती १२, १ बजेसम्म काम गरे । मध्यरात ३ बजे उठेर फेरी उनी काममा खटिन्थे । त्यसबेला युट्युवसँगै फेसबुक इन्स्ट्यान्ट आर्टिकल कमाउने अर्को बलियो माध्यम थियो ।
नबिनले सञ्चालन गरेको फेसबुक पेज अनलाइन टिभी नेपालमा ६० लाख भन्दा बढी लाइक्स थियो । उनीसँग ५ वटा फेसबुक पेज थिए । सबैमा समाचार अपडेट हुन्थ्यो । युट्युब र अनलाइन गरेर उनले १५ जना जतिलाई त्यसबेला रोजगारी दिएका थिए । अहिले कोभिडपछि त्यो संख्या घटेर आधा पुगेको छ । अहिले बजारमा नाम चलेका थुप्रै युट्युवर र सञ्चारकर्मीले उनले जग बसालेको अनलाइन टिभी नेपालमा कुनै समय काम गर्थे ।
नबिनले पाएका सम्मान तथा अवार्ड
पत्रकारिताका दौरानमा नबिनले थुप्रै सम्मान तथा अवार्ड पाएका छन् । आफ्नै गृह जिल्लामा उनी ‘सर्लाही स्वर्णिम सम्मान २०७७’ बाट सम्मानित भएका थिए । यस्तै रिपोटर्स क्लब नेपालको रजत महोत्सवमा सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट उत्कृष्ट कृयाशिल युवा पत्रकारिता पुरस्कार २०७९ बाट पनि उनी सम्मानित भएका छन् ।
चलचित्र पत्रकार संघमा सचिवको पद सम्हालेदेखी नबिन युट्युब भन्दा संगठनमा बढी केन्द्रित छन् । चलचित्र पत्रकारहरुलाई कसरी व्यवसायिक बनाउने, उनीहरुको हक, हित र समस्या समाधानका लागि के गर्न सकिन्छ, उनी त्यतातिर बढी केन्द्रित छन् ।
कतिपयले युट्युबे भनेको सुन्दा नबिनलाई चित्त बुझ्दैन । अहिले ठूला भनिएका मिडिया नै युट्युबलाई बढी प्राथमिकता दिईरहेका छन् । धेरैजसोले युट्युबकै कमाईको भरमा परिवार पालिरहेका छन् । धेरै युवा देशमा युट्युबकै कारण स्वरोजगार पाएका छन् । र, ठूलो मात्रामा रेमिट्यान्स भित्रिएको छ । स्वंय उनले घर बनाएर परिवारलाई राजधानीमै राखेका छन् । यो सबै देख्दा नबिनलाई गर्व लाग्छ । संघर्षमा चालेका उनका पाईलाहरु थाकेका छैनन् । बरु अविराम दौडिरहेका छन् ।










भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया