मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको ‘लामाजुरा’बाट सम्पर्कविहीन
मेरोन्यूज
२०८० असार २६ गते ११:२१

काठमाडौं । लुक्लाबाट काठमाडौंतर्फ आउँदै गरेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।
लुक्लानजिकै सुर्कीबाट १०ः०५ मा उडेको हेलिकप्टर १०ः१३ बाट सम्पर्कविहीन भएको जानकारी आएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले मेरोन्यूजलाई जानकारी दिए ।
उडेको करीब ८ मिनेट १०ः१३ सम्म सम्पर्कमै रहेको हेलिकप्टर त्यसपछि सम्पर्कविहीन रहेको प्रजिअ भट्टराईले बताए । लामाजुरा भन्ने स्थानसम्म लुकलाको सम्पर्कमा रहेको तथा त्यसपछि काठमाडौँको टावरमा सम्पर्कमा नआएको प्रजिअ भट्टराईले बताए ।
हेलिकप्टरमा चालकसहित ६ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।
९एनए–एमभी कलसाइन भएको हेलिकप्टर सम्पर्कविहीन भएको हो ।
सम्बन्धित
















इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
हतियार देखाएर सुनचाँदी पसल लुट्न खोज्ने २ जना पक्राउ
टेक्सासमा गोली हानाहान : २ जनाको मृत्यु, ३ घाइते
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया