भुवन केसीले हालेको मुद्दामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पक्षमा फैसला
मेरोन्यूज
२०८० असार २७ गते २१:२६

काठमाडौं । जिल्ला अदालत काठमाडौंले अभिनेता भुवन केसीले हालेको मुद्दामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पक्षमा फैसला सुनाएको छ। भुवन केसीले अभिनेत्री साम्राज्ञीविरूद्ध १० करोड क्षतिपूर्ति माग गर्दै गाली-बेइज्जती मुद्दा हालेका थिए।
बुधबार न्यायाधीश वासुदेव पौडेलको इजलासले साम्राज्ञी शाहविरूद्ध भुवन केसीले दिएको गाली-बेइज्जती मुद्दाको दाबी नपुग्ने फैसला गरेको छ ।
साम्राज्ञी शाहले भुवन केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। यसपछि केसीले गाली बेइज्जतीको मुद्दा सामाग्रीविरुद्ध हालेकी थिए ।
साम्राज्ञीले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूले मुद्दा जितेको भन्दै भिडिओ पोस्ट गरेकी छन्। उनले आफ्ना वकिल, प्रशसंक र सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन्।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया