बिहीबार, वैशाख १७, २०८३

स्वास्थ्यको मौलिक हकबाट जनता बन्चित छन् : स्वास्थ्यमन्त्री

मेरोन्यूज २०८० असार २८ गते ११:१४


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जनता स्वास्थ्य उपचार पाउने मौलिक हकबाट बन्चित भएको बताएका छन् । संविधानमा उल्लेख व्यवस्था जनताले नपाएको स्वास्थ्यमन्त्री बस्नेतले स्वीकारेका हुन् ।

Advertisement
NiccNicc

राष्ट्रिय सभामा आर्थिक वर्षको बजेटमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बस्नेतले भने, ‘संविधानमा आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउने, यो जनताको नैसर्गिक अधिकार हो, मौलिक हक हामीले कायम गरेका छौं । तर मैले अब नढाँटिकन भन्नुपर्छ जे भनिएको छ, त्यस्तो हुन सकिरहेको छैन ।’

उनले आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउने ढंगले सरकार अघि बढेको जानकारी दिए । ‘आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउने विषयमा स्वास्थ्य मन्त्रालय, माननीयज्यूहरु सबैको साथ सहयोगको कारणले पनि हामी प्रभावकारी ढंगबाट अगाडि बढेका छौं,’ उनले भने ।

प्रतिक्रिया