स्वास्थ्यको मौलिक हकबाट जनता बन्चित छन् : स्वास्थ्यमन्त्री
मेरोन्यूज
२०८० असार २८ गते ११:१४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जनता स्वास्थ्य उपचार पाउने मौलिक हकबाट बन्चित भएको बताएका छन् । संविधानमा उल्लेख व्यवस्था जनताले नपाएको स्वास्थ्यमन्त्री बस्नेतले स्वीकारेका हुन् ।
राष्ट्रिय सभामा आर्थिक वर्षको बजेटमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बस्नेतले भने, ‘संविधानमा आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउने, यो जनताको नैसर्गिक अधिकार हो, मौलिक हक हामीले कायम गरेका छौं । तर मैले अब नढाँटिकन भन्नुपर्छ जे भनिएको छ, त्यस्तो हुन सकिरहेको छैन ।’
उनले आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउने ढंगले सरकार अघि बढेको जानकारी दिए । ‘आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउने विषयमा स्वास्थ्य मन्त्रालय, माननीयज्यूहरु सबैको साथ सहयोगको कारणले पनि हामी प्रभावकारी ढंगबाट अगाडि बढेका छौं,’ उनले भने ।
सम्बन्धित
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया