बुधबार, माघ २१, २०८२

सरकारले ठगी गर्ने सहकारीलाई कानुनी कारबाही गर्ने

मेरोन्यूज २०८० असार २८ गते १६:२१

काठमाडौँ । सरकारले ठगी गर्ने सरकारलाई कानुनी कारबाही गर्ने भएको छ । 

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजित मन्त्रालयत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले ठगी गर्ने सहकारीलाई कानुनअनुसार कारबाही गर्ने जानकारी दिएकी हुन् । 

अनुगमन र जाँचबुझपछि अहिले ठगी गर्ने सहकारीहरूलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने प्रक्रिया जारी रहेको उनको भनाइ छ । 
 

प्रतिक्रिया