क्रिकेटमा महिला र पुरुषको पुरस्कार बराबर बनाउने आईसीसीको घोषणा
मेरोन्यूज
२०८० असार २९ गते ८:४७

काठमाडौं । क्रिकेटमा अब महिला र पुरुषको पुरस्कार राशी बराबर हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को दक्षिण अफ्रिकाको डर्नमाभ एको वार्षिक सम्मेलनले आईसीसीले आफ्ना सबै महिला र पुरुष टोलीको पुरस्कार रकम समान बनाउने घोषणा गरेको हो ।
आईसीसीको यो घोषणासँगै अब महिला र पुरुषको उस्तै किसिमको प्रतियोगिता जित्नेले पाउने पुरस्कारको रकम बराबर हुनेछ ।
आईसीसी अध्यक्ष ग्रेग बार्कलेले आईसीसीको विश्वव्यापी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने पुरुष र महिला क्रिकेटरले समान पुरस्कार राशी पाउने निर्णय भएको बताए ।
अध्यक्ष बार्कलेले पुरस्कार राशी समान बनाउने प्रयास स्वरुप २०१७ देखि महिला प्रतियोगितामा पुरस्कार बढाउँदै आएको बताए ।
अब आईसीसी महिला विश्वकप, महिला टी–२० विश्वकप र यू–१९ महिला विश्वकपको विजेताले पुरुषकै समान पुरस्कार पाउने छन् ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया