पाकिस्तानविरुद्ध पहिला ब्याटिङ रोजेको नेपालले ६ ओभरमै गुमायो ३ विकेट

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा पाकिस्तान ए विरुद्ध पहिला ब्याटिङ थालेको नेपालले ६ ओभरमै तीन विकेट गुमाएको छ । नेपालका कप्तान रोहित पौडेलसहित दुबै ओपनर सस्तैमा आउट भएका छन् ।
ओपनर मोहमद शेख १२ र कुशल भुर्तेल १ रन बनाउँदै आउट भएका छन् ।
भुर्तेल टिमको स्कोर १४ रन हुँदा सहबाज धानीको बलमा बोल्ड भएका हुन् । शेख पनि धानीकै बलमा मोहमद तयबको हातबाट क्याच भए ।
रोहित पौडेल ४ बलमा ४ रन बनाएर आउछ भए ।
साविक विजेता समेत रहेको पाकिस्तान ए सिनियर टिमबाट खेलिसकेका मोहम्मद हरिसको कप्तानीमा मैदान उत्रिएको छ ।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारतको ‘ए’ टोली, पाकिस्तानको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्स (यूएई) को ‘ए’ टोली छन् ।
नेपाली टोलीको कप्तानी रोहित पौडेल र पाकिस्तानको कप्तानी मोहम्मद हारिसले गरिरहेका छन् ।
इमर्जिङ टिम्स एसिया कपको तीन संस्करण खेलेको नेपालले दुई खेलमा मात्र जित हात पार्न सकेको छ । नेपालले दुवै पटक हङकङलाई हराएको थियो ।
इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल १७ तारिखमा भारतको ‘ए’ टोलीसँग खेल्ने छ । यसैगरी समूहगत चरणको तेस्रो तथा अन्तिम खेल नेपालले जुलाई १९ तारिखमा यूएईसँग खेल्ने छ ।
समूहगत चरणको खेलपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली नकआउट चरण प्रवेश गर्ने छन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेल २१ तारिखमा खेलिने छ । फाइनल खेल २३ तारिखमा हुने छ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया