बिहीबार, माघ २२, २०८२

नगरपालिकाकै कर्मचारीको साथबाट लागू औषध फेला

मेरोन्यूज २०८० असार २९ गते १९:०८

काठमाडौँ । कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक कर्मचारी लागू औषधसहित पक्राउ परेका छन् ।

शुक्रबार पुनर्वास नगरपालिकाका कर्मचारीसहित दुई जना लागू औषधसहित पक्राउ परेका हुन् ।

पुनर्वास नगरपालिका १० नम्बर वडा कार्यालयका प्राविधिक सहायक कृष्ण बडूसहित असिम थापा पक्राउ परेका छन् ।

नगर प्रमुख तोय प्रसाद शर्माले पुनर्वास नगरपालिका ६ को एक निर्माणाधीन घरबाट उनीहरूलाई पक्राउ गरिएको बताए ।

कर्मचारी बडू र अर्का युवकको साथबाट ५४१ मिलीग्राम लागू औषध खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

शुक्रबार कार्यालय नगएका ती कर्मचारी लागू औषधसहित पक्राउ परेका हुन् । पुनर्वास कर्मचारी स्रोतका अनुसार सहायक वडा सचिवसमेत रहेका बडू करारका कर्मचारी हुन् ।

प्रतिक्रिया