वेस्ट इन्डिजविरुद्ध भारत १४१ रनले विजयी
मेरोन्यूज
२०८० असार ३० गते ७:०४

काठमाडाैं । वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा भारतले १४१ रनकाे जित निकालेकाे छ ।
डेब्यु खेलाडी यशस्वी जैसवाल यस जितका नायक थिए। उनले १७१ रन बनाए र खेलको प्लेयर अफ द म्याच भए । कप्तान रोहित शर्माले पनि शतक पार गरे।
डोमिनिकाको विन्डसर पार्क मैदानमा टस जितेर ब्याटिङ रोजेको वेष्ट इन्डिजको टोली पहिलो इनिङ्समा १ सय ५० रनमा अलआउट भएको थियो । जवाफमा भारतले आफ्नो पहिलो इनिङ ४२१/५ मा घोषित गर्यो। वेस्ट इन्डिज दोस्रो इनिङ्समा १३० रनमा अलआउट भएको थियो ।
खेलमा भारतीय स्पिनरहरूले बलियो प्रदर्शन गरेका थिए । उनीहरुले वेस्ट इन्डिजका २० मध्ये १७ विकेट लिएका थिए । स्पिनरले पहिलो इनिङ्समा ८ विकेट र दोस्रो इनिङ्समा ९ विकेट लिएका थिए ।
दोस्रो खेल जुलाई २० देखि पोर्ट अफ स्पेनमा हुनेछ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया