दीपाश्री भन्छिन् : मिडिया देख्दा बन्दुक तेर्स्याएझैँ लाग्छ

काठमाडौं । कलाकाकरहरु नेपाली पत्रकारिताको विश्वसनियता कम हुँदै गएको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित नेपाली चलचित्रमा मिडियाको प्रभाव अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । उनीहरुले नेपाली सिने क्षेत्रमा कलम चलाउनेहरुले चलचित्र क्षेत्रका खोजमुलक समाचार लेख्न सक्नुपर्ने बताए । चलचित्र क्षेत्रमा भएका विकृतिहरुका बारेमा पनि सिने पत्रकारहरुको कलम चलाउनुपर्ने कलाकारको भनाइ छ ।
सानो गल्तीलाई पनि मलजल गरेर ठूलो बनाइदिने परिपाटीले आत्महत्यासम्मको बाटो राज्नुपरेको कलाकारले उल्लेख गरे । कार्यक्रममा बोल्दै अभिनेत्री दीपाश्री निरौलाले मिडिया भन्ने बित्तिकै पछिल्लो समय आफूलाई बन्दुक तेर्साएको जस्तो हुने गरेको बताइन् । उनले कतिपय सञ्चारमाध्यमहरुले सानो गल्तीलाई मलजल गरेर ठूलो बनाइदिँदा कलाकारहरु आत्महत्याको बाटो रोज्नुपर्ने स्थितिसम्म पुग्ने गरेको बताइन् ।
उनले भनिन्, ‘मिडिया भन्नेबित्तिकै पहिला त फ्रेण्ड्ली, रमाइलो लाग्थ्यो, अहिले त बन्दुक तेस्र्याए जस्तो लाग्छ । आजकाल म धेरै कम इन्टरभ्युमा जाने गर्छु, अहिलेको जमाना देखिहाल्नु भएको छ, सञ्जाल धेरै छ, मान्छे हो गल्ती त हुन्छ, तर त्यसलाई मलजल गरेर मर्न बाध्य गराइन्छ । ’
कार्यक्रममा बोल्दै अर्की अभिनेत्री केकी अधिकारीले पत्रकारिता क्षेत्रको सबैभन्दा ठूलो कुरा भनेकै विश्वसनियता भएपनि पछिल्लो समय विश्वसनियतामा कमी आउने गरेको बताइन् । उनले श्रोत भनेर उल्लेख गरिएपनि कतिपय समाचार बिना श्रोत बनाइने गरेको बताइन् । चलचित्र सम्बन्धी समाचार बनाउँदा, अन्तर्वार्ता लिँदा पूर्व तयारी हुनुपर्ने उनको भनाइ थियो ।
चलचित्र कलकार संघका अध्यक्ष मोहन निरौलाले चलचित्रको समीक्षा गर्दा पूर्वाग्रही हुने गरेको बताउँदै यस्ता कुरामा यथार्थता पस्कनुपर्ने बताए । उनले महिला कलाकार र पुरुष ककलाकारमाथि पनि हिंसाका घटनाहरु बढीरहेको बताए । महिला कलाकारमाथिका अभद्र व्यवहार बाहिर आउन नसकेकाले यस्ता घटनामा उनीहरुलाई सम्झाउन सके यस्ता घटनाहरु बाहिर आउने बताए ।
कार्यक्रममा अन्य वक्ताहरुले चलचित्र क्षेत्र उकास्नका लागि कलाकारलाई र चलचित्र पत्रकारहरुलाई पनि आवश्यक प्रशिक्षण दिनुपर्ने बताए । उनीहरुले चलचित्र क्षेत्रलाई राज्यले महत्वपूर्ण क्षेत्र हो भनेर मान्न नसकेको गुनासो गरे ।


















संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली महिला क्रिकेट टोली रुवान्डातर्फ प्रस्थान
प्रतिक्रिया