दीपाश्री भन्छिन् : मिडिया देख्दा बन्दुक तेर्स्याएझैँ लाग्छ

काठमाडौं । कलाकाकरहरु नेपाली पत्रकारिताको विश्वसनियता कम हुँदै गएको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित नेपाली चलचित्रमा मिडियाको प्रभाव अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । उनीहरुले नेपाली सिने क्षेत्रमा कलम चलाउनेहरुले चलचित्र क्षेत्रका खोजमुलक समाचार लेख्न सक्नुपर्ने बताए । चलचित्र क्षेत्रमा भएका विकृतिहरुका बारेमा पनि सिने पत्रकारहरुको कलम चलाउनुपर्ने कलाकारको भनाइ छ ।
सानो गल्तीलाई पनि मलजल गरेर ठूलो बनाइदिने परिपाटीले आत्महत्यासम्मको बाटो राज्नुपरेको कलाकारले उल्लेख गरे । कार्यक्रममा बोल्दै अभिनेत्री दीपाश्री निरौलाले मिडिया भन्ने बित्तिकै पछिल्लो समय आफूलाई बन्दुक तेर्साएको जस्तो हुने गरेको बताइन् । उनले कतिपय सञ्चारमाध्यमहरुले सानो गल्तीलाई मलजल गरेर ठूलो बनाइदिँदा कलाकारहरु आत्महत्याको बाटो रोज्नुपर्ने स्थितिसम्म पुग्ने गरेको बताइन् ।
उनले भनिन्, ‘मिडिया भन्नेबित्तिकै पहिला त फ्रेण्ड्ली, रमाइलो लाग्थ्यो, अहिले त बन्दुक तेस्र्याए जस्तो लाग्छ । आजकाल म धेरै कम इन्टरभ्युमा जाने गर्छु, अहिलेको जमाना देखिहाल्नु भएको छ, सञ्जाल धेरै छ, मान्छे हो गल्ती त हुन्छ, तर त्यसलाई मलजल गरेर मर्न बाध्य गराइन्छ । ’
कार्यक्रममा बोल्दै अर्की अभिनेत्री केकी अधिकारीले पत्रकारिता क्षेत्रको सबैभन्दा ठूलो कुरा भनेकै विश्वसनियता भएपनि पछिल्लो समय विश्वसनियतामा कमी आउने गरेको बताइन् । उनले श्रोत भनेर उल्लेख गरिएपनि कतिपय समाचार बिना श्रोत बनाइने गरेको बताइन् । चलचित्र सम्बन्धी समाचार बनाउँदा, अन्तर्वार्ता लिँदा पूर्व तयारी हुनुपर्ने उनको भनाइ थियो ।
चलचित्र कलकार संघका अध्यक्ष मोहन निरौलाले चलचित्रको समीक्षा गर्दा पूर्वाग्रही हुने गरेको बताउँदै यस्ता कुरामा यथार्थता पस्कनुपर्ने बताए । उनले महिला कलाकार र पुरुष ककलाकारमाथि पनि हिंसाका घटनाहरु बढीरहेको बताए । महिला कलाकारमाथिका अभद्र व्यवहार बाहिर आउन नसकेकाले यस्ता घटनामा उनीहरुलाई सम्झाउन सके यस्ता घटनाहरु बाहिर आउने बताए ।
कार्यक्रममा अन्य वक्ताहरुले चलचित्र क्षेत्र उकास्नका लागि कलाकारलाई र चलचित्र पत्रकारहरुलाई पनि आवश्यक प्रशिक्षण दिनुपर्ने बताए । उनीहरुले चलचित्र क्षेत्रलाई राज्यले महत्वपूर्ण क्षेत्र हो भनेर मान्न नसकेको गुनासो गरे ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया