भलिबल राष्ट्रिय टिमका कप्तान हरिहजुर थापा बर्खास्त
मेरोन्यूज
२०८० असार ३१ गते १४:४२

काठमाडौं। नेपाल भलिबल संघले भलिबल राष्ट्रिय टिमका कप्तान हरिहजुर थापालाई कप्तानबाट बर्खास्त गरेको छ । आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह नगरेको र कर्तव्यबाट विमुख भएको भन्दै संघले उनलाई कप्तानबाट बर्खास्त गरेको हो ।
गत सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकीविरुद्ध आर्मीबाट खेलेका उनले आफ्नो जिम्मेवारी र भूमिका राम्रोसँग निर्वाह गरेको आरोप छ । आफ्नो कप्तानीमा रहेका टिम आर्मीका खेलाडीले दर्शकलाई पिटेपछि उनलाई कप्तानबाट बर्खास्त गरिएको हो ।
घटनापछि महासचिव तथा प्रतियोगिता संयोजक समेत रहेका रोशन श्रेष्ठको संयोजकत्वमा गठन भएको पाँच सदस्यीय छानबिन समितिको सिफारिसमा उनलाई बर्खास्त गरिएको हो ।
समितिमा श्रेष्ठसहित सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अन्जु श्रेष्ठ र जुनु पुन थिए ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया