इमर्जिङ टिम्स एसिया कप : नेपाल आज भारतसँग भिड्दै

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज भारत ए टिमको सामना गर्दै छ । खेल नेपाली समय अनुसार दिउँसाे २:१५ बजेदेखि शुरु हुँदैछ ।
नेपालले पहिलो खेलमा पाकिस्तान ए सँग हार बेहोरेको छ भने भारत ए ले आफ्नो पहिलो खेलमा युएई ए लाई पराजित गरेको थियो ।
इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि जुलाई २३ सम्म श्रीलंकामा हुँदैछ । इमर्जिङ टिम्स एसिया कप पाँच टेष्ट राष्ट्रसँगै एसीसी प्रिमियर कपको शीर्ष तीन टोली नेपाल, यूएई र ओमानले खेलिरहेका छन् ।
इर्जिङ कपमा नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन् । श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा रहेका छन् ।
प्रतियोगितामा सहभागी नेपाल बाहेक अन्य सबै देशले ए टिम पठाएका छन् भने नेपालले भने आगामी एशिया कपलाई ध्यानमा राख्दै सिनियर टिमलाई नै यस प्रतियोगितामा पठाएको छ ।
नेपाली टिममा करण केसी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्ललाई बाहिर राखिएको छ । जसमा सन्दीप र दीपेन्द्र ग्लोबल टी–२० खेल्न क्यानडा जाने भएकाले टिममा समावेश गरिएको छैन ।
त्यस्तै टिममा समावेश गरिएका आरिफ सेखले निजी कारणले आफ्नो नाम फिर्ता लिएपछि उनको ठाउमा अल राउण्डर पवन सराफलाई टिममा समावेश गरिएको छ ।
यस प्रतियोगितामा देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोरालाई अवसर दिइएको छ । त्यस्तै रोहित पौडेल ९कप्तान०, आसिफ सेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजबंशी, भीम सार्की, कुशल मल्ल, प्रतिष जिसी, गुलशन झा, अर्जुन साउद र पवन सराफ नेपाली टिममा रहेका छन् ।
नेपालले तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया