आइतबार, चैत १५, २०८२

नेपालले भारत ‘ए’लाई दियो १६८ रनको लक्ष्य

मेरोन्यूज २०८० साउन १ गते १७:१८


काठमाडौँ । नेपालले भारत ‘ए’ लाई १६८ रनको लक्ष्य दिएको छ ।  इमर्जिङ एसिया कप अन्तरगत भारत ‘ए’ विरुद्ध पहिला ब्याटिङ गरेकाे नेपालले ३९ दशमलव दुई ओभरमा १६७ रन बननाएर अल आउट भयो ।

Advertisement
nepal life insurencenepal life insurence

कप्तान रोहित पौडेलले कप्तानी पारी खेल्दै ६५ रन बनाए ।

३७ रनमा ५ रनको दयनीय अवस्थाबाट कप्तान रोहितले नेपाललाई सम्हालेका थिए । उनले सोमपाल कामी र गुल्शनसँग दुई अर्धसतकीय साझेदारी गरे । सोमपाल १४ रनमा आउट भएपछि क्रिजमा आएका गुल्शनले विष्फोटक अन्दाजमा खेले । रोहित र गुल्शनबीच द्रुत गतिमा ५४ रनको पार्टनरसीप भएको थियो ।

स्पिनरहरुविरुद्ध राम्रो खेलिरहेका रोहित र गुल्शन दुवै स्पिनरकै शिकार भए । उनीहरु दुवैलाई निशान्त सिन्धुले आउट गरेका हुन् । रोहितले ८५ बल खेल्दा ७ चौका प्रहार गरेका थिए भने गुल्शनले ३० बलमा दुई चौका र २ छक्का सहित ३८ रन बनाए ।

प्रतिक्रिया