यूएईले गुमायाे ८ विकेट, कुशल भुर्तेल एक्लैले लिए ६
मेरोन्यूज
२०८० साउन ३ गते १३:०१

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा यूएईले आठाैं विकेट गुमाएको छ । यूएईविरुद्ध ‘पार्टटाइम’ बलर कुशल भुर्तेल एक्लैले ६ विकेट लिएका हुन् ।
श्रीलंकामा जारी खेलमा टस जितेर यूएईले नेपाललाई पहिला बलिङका लागि निम्तो दिएको थियो ।
यो समाचार तयार पार्दासम्म यूएईले ३७ ओभरमा ८ विकेट गुमाएर १३९ रन जोडेको छ ।
समूह ‘बी’ मा रहेका नेपाल र यूएई दुवै प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेका छन् । अघिल्ला दुवै खेलमा पराजित हुँदै नेपाल र यूएई प्रतियोगिताबाट बाहिरिएका थिए ।
नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । यूएई भारतसँग ८ विकेट र पाकिस्तानसँग १८४ रनले पराजित भएको थियो ।
आजै भारत र ए र पाकिस्तान ए बीच खेल हुनेछ । यस खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया