नेपाल खेलको माध्यमबाट विश्व विजयी हुनसक्छः मन्त्री लिम्बू

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपाल खेलको माध्यमबाट विश्व विजयी हुनसक्ने बताएका छन् ।
व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई बुधवार मन्त्रालयमा बिदाई गर्दै यस्तो बताएका हुन्। उनले नेपाली खेलाडीले थप मेहनत गर्दै जाँदा खेलबाट विश्व जित्ने सम्भावना बढीरहेको बताए ।
खेलाडी भण्डारीले व्यवसायिक फुटबलमा पनि राम्रो कौशल प्रदर्शन गरी इजरायलसँगको नेपालको सम्बन्धलाई थप प्रगाढ बनाउने मन्त्री लिम्बूले बताए । उनले युरोप लिग खेलिसकेपछि त्यसले नेपालको फुटबलमा पनि राम्रो विकास हुने अपेक्षा गरेको बताए ।
उनले भने, ‘हामी खेलको माध्यमबाट संसारमा विजय गर्नसक्छौँ भन्ने देखिएको छ, त्यसैले नेपाली खेलाडीले थप मेहनत गर्नुपर्छ, अनुशासित भएर अघि बढ्नुपर्छ । खेलकुदको थप विकास गर्नेकुरामा मन्त्रालय प्रतिवद्ध छ ।’
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया