नेपालले युएईलाई ३ विकेटले हरायो
मेरोन्यूज
२०८० साउन ३ गते १५:४७

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा नेपालले यूएई ए लाई ३ विकेटले पराजित गरेको छ ।
युएईबाट १५८ रनको सामान्य लक्ष्य पाएको नेपालले २३ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ७१ रन बनाए । त्यस्तै देव खनालले ३८ बलमा २४ रन बनाए ।
नेपालका पार्टटाइम बलर कुशल भुर्तेलको घातक बलिङ सामना गर्न नसकेको यूएई ४४ ओभरमा १५७ रनमा समेटिएको हो ।
यूएईका लागि लभप्रित सिंहले सर्वाधिक ५२ रन बनाए । अन्य ब्याट्स्मेनले २० रन कटाउन सकेनन् ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६ विकेट लिए । त्यस्तै श्याम ढकालले २, कुशल मल्ल र पवन सर्राफले समान एकरएक विकेट लिए ।
समूह ‘बी’ मा रहेका नेपाल र यूएई दुवै प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेका छन् ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया