शुक्रबार, चैत २७, २०८२

आज कुन देशको विनिमय दर कति ?

मेरोन्यूज २०८० साउन ४ गते ७:१२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ०६ पैसा र बिक्री दर १३१ रूपैयाँ ६६ पैसा तोकेको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १४७ रूपैयाँ १० पैसा र बिक्री दर १४८ रूपैयाँ ७८ पैसा कायम गरिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ५९ पैसा र बिक्री दर १७० रूपैयाँ २७ पैसा अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.७  रुपैयाँ कायम गरिएको छ । क्यानेडियन डलर एकको खरिद दर ९९ पैयाँ ४६ पैसा र बिक्री दर ९९ रुपैयाँ ९१ पैसा कायम गरिएको छ । 

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसामा कारोबार हुँदा दक्षिण कोरिया १०० को खरिदमा १० रूपैयाँ ३६ पैसा र बिक्री दर १० रूपैयाँ ४१ पैसा कायम भएको छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९७ पैसा र बिक्री दर ३६ रूपैयाँ १४ पैसामा कारोबार हुने जनाएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी रियाल एकको खरिद दर ३४.९४ रुपैयाँ छ  भने बिक्री दर ३५.१ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.८५ रुपैयाँ  तथा बिक्री दर २८.९८ रुपैयाँ र कुवेती दिनार १ को खरिद मूल्य ४२७.४१ पैसा बिक्री दर ४२९.३६ पैसा कायम गरिएको छ ।

प्रतिक्रिया