महिला विश्वकप फुटबल उद्घाटनअघि न्यूजिल्याण्डमा गोली हानाहान, तीनको मृत्यु

काठमाडौँ । न्यूजिल्याण्डको अकल्याण्डमा गोली चलेको घटना सार्वजनिक भएको छ।
न्यूजिल्याण्डको अकल्याण्डमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ। सो गोलीकाण्डका अपराधीको पनि मृत्यु भएको छ।
न्युजिल्याण्ड प्रहरीले बिहीबार मध्य अकल्याण्डमा बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको र कैयौं घाइते भएको बताएको छ।
प्रहरीले एक विज्ञप्तिमा अपराधीको पनि मृत्यु भइसकेको जनाएको छ। प्रहरीले सो घटनाले राष्ट्रिय सुरक्षामा कुनै खतरा नरहेको बताए। अकल्यान्डको इडेन पार्कमा महिला फुटबल विश्वकपको उद्घाटन खेल हुनुभन्दा केही घण्टाअघि सिटी सेण्टरको व्यस्त सडकमा गोली हानाहान भएको थियो।
यसैबीच न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्स्लेले राष्ट्रिय सुरक्षामा कुनै खतरा नरहेको र प्रतियोगिता योजना अनुसार अघि बढ्ने बताए।
निमित्त प्रहरी उपरीक्षक सन्नी पटेलले अपराधीले बन्दुक हल्लाउँदै खेल उदघाटन स्थल नजिकै पुगेर गोली चलाएको बताए। आरोपितको तर्फबाट थप गोली चलेको थियो, केही समयपछि उनी मृत फेला परेको उनले बताए।
प्रहरीले आक्रमणकारी बाहेक दुई जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ। धेरै मानिस घाइते भएको पनि जानकारी आएको उनले बताए।
प्रहरीले गोलीबारी लगत्तै क्षेत्रलाई घेराबन्दी गरेको र घटनास्थलमा हेलिकप्टर पठाइएको प्रहरीले जनाएको छ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया