बिहीबार, चैत २६, २०८२

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

मेरोन्यूज २०८० साउन ४ गते ११:२१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आज सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ पुगेको छ । बुधबार तोलामा छ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्यले पनि नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ । आज चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ४९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया