ब्रेक शुसहित बरामद सुनको तौल १५५ किलो
मेरोन्यूज
२०८० साउन ४ गते १६:१४

काठमाडौं । राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन सहितका स्कुटरका ब्रेक शु १५५ किलो भएको छ । नेपाल राष्ट्रबैंकको टक्सार विभागले ब्रेक सु जोख्दा कुल तौल १५५ किलो आएको हो ।
राजस्व अनुसन्धान विभाग स्रोतले भन्यो, ‘कुल एक सय ६० वटा ब्रेक सु फेला परेको थियो, तीमध्ये एउटाबाहेक सबैमा सुन रहेको पाइयो । सबै जोख्दा १५५ किलो भयो ।’
अब ती ब्रेक सुबाट सुन निकालेर जोखिने विभागले जनाएको छ । ‘ब्रेक शु भित्र सुनका साना साना टुक्रा छन्, सबै निकालेर जोख्न केही समय लाग्छ,’ स्रोतले भन्यो ।
राजस्व अनुसन्धान विभागले मंगलवार काठमाडौंको सिनामंगलबाट भन्सार पास भइसकेको अवस्थामा ब्रेक सुमा लुकाएर राखेको सुन बरामद गरेको थियो । ती ब्रेक सुमा १०० किलोग्रामभन्दा बढी सुन भएको अनुमान विभागको छ ।
सम्बन्धित
















HoR passes proposal of vote of thanks to President
नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
अफगानिस्तानमा बाढीका कारण दशौँ हजार मानीस प्रभावित
Scientific research should be taken as national responsibility: Vice President Yadav
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया