घट्यो डलरको भाउ, कति छ विदेशी मुद्राको विनिमय दर (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ८८ पैसा र बिक्री दर १३१ रूपैयाँ ४८ पैसा तथा युरोपियन युरो एकको खरिददर १४६ रूपैयाँ ६८ पैसा र बिक्री दर १४७ रूपैयाँ ३० पैसा कायम भएको छ ।
हिजो अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ०६ पैसा र बिक्री दर १३१ रूपैयाँ ६६ पैसामा तथा युरो एकको खरिद दर १४७ रूपैयाँ १० पैसा र बिक्री दर १४८ रूपैयाँ ७८ पैसा रहेको थियो । जसअनुसार डलरको खरिद दर १८ पैसा र बिक्री दरमा १८ पैसाले घटेको छ ।
उता, अस्ट्रेलियन डलर एकको खरिद दर ८९.४ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.८७ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ७ पैसा र बिक्रीदर १०० रुपैयाँ १५ पैसा रहेको छ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसामा कारोबार हुदाँ दक्षिण कोरीया वन १०० को खरिदमा १० रूपैयाँ ३ पैसा र बिक्रीदर १० रूपैयाँ ३५ पैसामा कारोबार हुनेछ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९३ पैसा र बिक्री दर ३६ रूपैयाँ १० पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४८९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.८१ रुपैयाँ तथा बिक्री दर २८.९४ रुपैयाँ कायम भएको छ । साथै, कुवेत दिनार १ को खरिदमूल्य ४२६.८३ पैसा विक्रीदर ४२८.७९ पैसा रहेको छ ।
















एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प
अनरको ‘म्याजिक एट सिरिज’ सार्वजनिक, कति पर्छ मूल्य ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया