चोरीको विभिन्न सामानसहित दुई गाडी नियन्त्रण

काठमाडौँ । पर्सा जिल्लाको वीरगञ्ज महानगर १६ स्थित भन्सार गेटबाट साउन ४ गते सशस्त्र प्रहरीले करिब दुई लाख रुपैयाँ बराबरको चोरीको सामान बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ता कपडा, मोबाइल पार्टस्, हार्डवेयर तथा किराना सामान प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको छ ।
जुत्ता र गार्मेण्टको सामानसहित दुई वटा ट्रक नियन्त्रणमा सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले करिब एक करोड ८४ लाख ५१ हजार १९२ रुपैयाँ बराबरको जुत्ता र गार्मेण्टको सामानसहितको दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।
सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्व-पश्चिम लोकमार्गबाट साउन ४ गते प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर र राजश्व अनुसन्धान कार्यालय इटहरीले ना ५ ख ४३१ नम्बरको कन्टेनर ट्रक नियन्त्रणमा लिएको हो ।
यसैगरी, सुनसरी जिल्लाको कोशी गाउँपालिका ३ जमुवा चोकस्थित पूर्व–पश्चिम लोकमार्गबाट साउन ४ गते बिओपी श्रीपुर र राजश्व अनुसन्धान कार्यालयले जुत्ता र गार्मेण्टको सामानसहितको ना ३ ख ४५७९ नम्बरको कण्टेनर ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा मोरङबाट काठमाडौँतर्फ आउँदै गरेको उल्लेखित ट्रकहरूमा जाँच गर्दा प्रज्ञापन पत्रमा उल्लेख भएको भन्दा बढी सामान फेला परेपछि नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएको जुत्ता र गार्मेण्टको सामानसहित दुई वटै ट्रक आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।
















पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन
मकालुमा ट्याक्टरले किचेर मजदुरको मृत्यु
कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा
पर्वतका ९५० किशोरीलाई एचपिभी खोप लगाइने
नयाँ पुस्ताको ब्याट्री प्रविधिसहित प्रोटोन इमास ७ : सुरक्षित र दिगो इलेक्ट्रिक एसयूभी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
संसद्मा प्रधानमन्त्रीको पहिलो सम्बोधन- तोकिएकै समयमा निष्पक्ष निर्वाचन हुन्छ
प्रतिक्रिया