डेब्यु खेलमै निर्णायक गोल गर्दै मेसीले इन्टरमियामीलाई जिताए
मेरोन्यूज
२०८० साउन ६ गते ९:३३

काठमाडौँ । लियोनेल मेसीले डेभ्यु खेलमा गोल गर्दै इन्टर मियामीलाई जित दिलाएका छन् ।
शनिबार विहान सम्पन्न खेलमा मेसीले खेलको ५४औ मिनेटमा मैदान प्रवेश गर्दै इन्टर मियामीका लागि डेभ्यु गरेका थिए । लिग कप अन्तर्गत मेक्सिकन क्लब क्रुज अजुलविरुद्धको यो खेल इन्टर मियामीले २(१ ले जितेको छ ।
मेसीले खेलको ९४औं मिनेटमा फ्रीकिक मार्फत निर्णायक गोल गर्दै इन्टर मियामीलाई जिताएका थिए ।
यसअघि खेलको ४४औं मिनेटमा रोबेर्ट टेलरले इन्टर मियामीका लागि गोल गरेका थिए भने खेलको ६५औं मिनेटमा उरिएल अनटुनाले क्रुजका लागि बराबरी गोल गरेका थिए ।
अब लिग कप अन्तर्गत दोस्रो खेलमा इन्टर मियामीले आगामी जुलाई २६ मा एटलान्टा युनाइटेडसँग खेल्ने छ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया